२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

फ्रान्समा रेलसेवा ठप्प

बीबीसी/एएफपी

पेरिस — राष्ट्रपति इम्यानुएल म्याक्रोंले सार्वजनिक गरेको श्रम सुधार योजनाको विरोधमा गरिएको हड्तालका कारण फ्रान्समा विरोधमा रेल सञ्जाल प्राय ठप्प भएको छ । राष्ट्रिय रेलसेवाका कर्मचारी (एसएनसीएफ) को अगुवाईमा भएको हड्तालले उर्जा तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रसमेत प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

फ्रान्समा रेलसेवा ठप्प

मंगलबारदेखि शुरु गरिएको हड्ताल हरेक ५ दिनमा दुई दिन गरिने रेलसेवाका कर्मचारीले जनाएका छन् । हड्ताल अप्रिल, मे र जुन महिनाभर जारी रहने एसएनसीएफले जनाएको छ । हड्तालका कारण आगामी ३ महिनामा ३६ दिन रेलसेवा ठप्प हुनेछ ।

यो गतवर्ष मे महिनामा राष्ट्रपतिमा निर्वाचित म्याक्रोंलाई पद सम्हालेयताकै कठिन चुनौति भएको बीबीसीले जनाएको छ ।


फ्रान्समा रेलसेवा सञ्चालन गर्ने ४ प्रमुख संगठनले हड्ताल गरेका हुन् । बीबीसीका अनुसार रेलसेवाका करिब ७७ प्रतिशत चालक र ४८ प्रतिशत कर्मचारी हड्तालमा उत्रेका छन् ।


पेरिसमा बस सेवामा मानिसहरुको निकै ठूलो भीड लागेको छ । फ्रान्सबाछ बेल्जियम, नेदरल्याण्डस् र जर्मनी पुग्ने रेलसेवा सामान्य भएपनि स्पेन, स्वीटरजरल्याण्ड र इटालीका लागि सम्पूर्ण सेवा बन्द भएका छन् ।


६ प्रतिशत तलब वृद्धिको माग राख्दै एयर फ्रान्सका कर्मचारीले गरेको सेवा कटौती पनि चौथो दिनमा प्रवेश गरेको छ । एयर फ्रान्सले आफ्नो सेवा ७५ प्रतिशतमा सीमित पारेको छ ।


उर्जा क्षेत्रका यूनियनहरुले पनि विभिन्न माग राख्दै हड्तालको आव्हान गरेका छन् । उनीहरुले उर्जा बजारको उदारीकरणको अन्त्य हुनुपर्ने बताएका छन् । कतिपय स्थानमा विश्वविद्यालयको प्रवेश शुल्क वृद्धिको विरोधमा हजारौं विद्यार्थीहरुले समेत हड्तालमा भाग लिएको जनाइएको छ ।

प्रकाशित : चैत्र २०, २०७४ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?