१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टर्कीको हवाइ आक्रमणमा ११ सर्वसाधारणको मृत्यु 

रासस/एएफपी

लेवनान — सिरियाली विद्रोहीको आधार इलाका मानिने अफ्रिन क्षेत्रबाट द्वन्द्वको पीडा सहन नसकी सुरक्षित स्थलतर्फ भाग्दै गरेका ११ जना सर्वसाधारण नागरिकमाथि टर्कीद्वारा शनिबार पुनः हवाई आक्रमण भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । 

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, 'टर्की नेतृत्वको सुरक्षाबलले कूर्दिस बाहुल्यता रहेको अफ्रिनमा शहर र वरपरका स्थानमा गरेको पछिल्लो आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको छ ।'


सिरियामा मानव अधिकार अनुगमन गरिरहेको उक्त संस्थाका अनुसार टर्कीद्वारा सिरियाली कूर्दिस लडाकूविरुद्ध जनवरी २० पछि चलाएको स्थल तथा हवाई सुरक्षा कारबाही परी २८० सर्वसाधारणले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश महिला तथा बालबालिका रहेका बताइएको छ ।


अङकाराले भने कारबाहीमा सर्वसाधारणको मृत्यु नहोस् भनेर अत्यधिक सावधानी अपनाइएको पटक पटक बताउँदै आएको छ ।

प्रकाशित : चैत्र ३, २०७४ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?