कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एफबीआइले शक्तिको दुरुपयोग गर्‍यो’ 

बीबीसी/सीएनएन

वासिङटन — अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा संघीय जाँच ब्युरो (एफबीआई) ले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै एउटा लेखोट सार्वजनिक गरेको छ ।

‘एफबीआइले शक्तिको दुरुपयोग गर्‍यो’ 

शनिबार सार्वजनिक गरिएको ४ पेज लामो लेखोटमा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पका पक्षमा नतिजा ल्याउन रूसले गरेको भनिएको हस्तक्षेपबारे कंग्रेसले एफबिआईलाई आरोप लगाएको हो । लेखोट सार्वजनिक भएसँगै यसले अमेरिकी राजनीतिक वृत्तमा विवाद समेत सिर्जना भएको छ । उक्त लेखोटमा एफबीआइले छानबिनका क्रममा मूख्य तथ्यहरु हटाएको दाबी गर्दै चिन्ता व्यक्त गरिएको छ ।


रिपब्लिकन पार्टीका सांसदले तयार पारेको लेखोटमा एफबिआई र न्याय विभागले अधिकारको दुरुपयोग गरेको र डेमोक्याटिक पार्टीको आर्थिक सहयोगमा ट्रम्पमाथि निगरानी बढाइएको दाबी गरिएको छ । लेखोट चुनावी अभियानताका ट्रम्पका विदेश मामिला सल्लाहकारको टेलिफोन रेकर्डिङमा केन्द्रित छ । उनी २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा परेका थिए ।


डेमोक्रयाटहरुले ट्रम्पको चुनावी अभियान र रुसबीचको साँठगाँठबारे छानविन भइरहेका बेला अनुसन्धानलाई अविश्वसनिय बनाउन तथा प्रभावित पार्न ‘लाजमर्दो प्रयास’ गरिएको बताएका छन् । डेमोक्रयाटिक पार्टीले लेखोट झुठ भएको र यसले अनुसन्धानलाई छायामा पार्न खोजेको दाबी गरेको छ । डेमोक्रयाटिक पार्टीका सिनेट नेता चक सुमर, हाउस अफ रेप्रिजेन्टेटिभ्स नेता नान्सी पेलोसी र अन्य ८ वरिष्ठ नेताहरुले राष्ट्रपति ट्रम्पलाई रूसी साँठगाँठबारे अनुसन्धान गरिरको विशेष टोलीका प्रमुख रोर्बट मुलर वा उपमहान्याधिवक्ता रड रोसेनस्टेनलाई ‘बर्खास्त गर्न भूमिका बनाएको’ भन्दै चेतावनी दिएका छन् । उनीहरुले विवादास्पद लेखोटका आधारमा उनीहरुलाई बर्खास्त गरिए रिचार्ड निक्सन प्रशासन यता नदेखिएको ‘संबैधानिक संकट’ उत्पन्न हुने चेतावनी दिएका छन् ।


रिपब्लिकन सांसद डेभिड न्युन्सले सर्वसाधारणको विश्वासमाथि कुठाराघात गरिएको प्रतिक्रिया दिए । सिनेट प्रवक्ता तथा रिपब्लिकन पार्टी नेता पल रायनले लेखोटका कारण रोबर्ट मुलर नेतृत्वको विशेष टोलीले गरिहेको अनुसन्धानमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् । तर कतिपय रिपब्लिकन सिनेटरले समेत यसको विरोध गरेका छन् ।


टिपोट सार्वजनिक भएलगत्तै एफबिआइका निर्देशक क्रिस्टोफर रेले कर्मचारीलाई इमेलमार्फत ‘निष्पक्षतापूर्वक र कानूनी रुपले’ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । एफबिआईले मेमोमा उल्लेख भएका कुरामा कुनै प्रमाण नरहेको बताएको छ

एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले उक्त टिपोट ‘बेइमानीपूर्ण’ भएको प्रतिक्रिया दिएका छन् । गत वर्ष एफबीआईको निर्देशकबाट बर्खास्तीमा परेका कोमीले ‘लेखोटमार्फत झुक्क्याउन खोजीएको’ दाबी गरे ।


राष्ट्रपति ट्रम्पले मेमोलाई स्वीकृत गरेका छन् । उनले निकै ‘लाजमर्दो कथा बाहिर आएको’ बताए । उनले एफबिआई र न्याय विभागका कर्मचारी ‘रिपब्लिक पार्टीको छबि धुमिल पार्न सुनियोजित रुपमा लागिपरेको’ आरोप लगाए । उनले ‘अनुसन्धानमा राजनीतिकरण’ गरिएको दाबी गरे ।


प्रकाशित : माघ २०, २०७४ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?