चीनमा दुई शक्तिशाली भूकम्प, १९ को मृत्यु, २४७ घाइते

राेयटर्स

चीन — पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ । यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।

पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ ।

यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।

यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।

७.० म्यानिच्युडको भूकम्पमा परी कयौं विदेशीसहित २४७ व्यक्ति घाइते भएका छन् । घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

मङ्गलबार साँझ स्थानीय समयानुसार ९:१९ बजे राति आएको यस भूकम्पको केन्द्रविन्दु प्रख्यात पर्यटकीय स्थल जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । त्यहाँबाट ४५ हजार पर्यटकलाई सुरक्षित स्थानमा सारिएको प्रान्तीय सरकारले जनाएको छ ।

सिचुवानमा २००८ मेमा गएको शक्तिशाली भूकम्पमा ७० हजारको ज्यान गएको थियो ।

प्रकाशित : श्रावण २५, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

६९ वर्षमा एसईई परीक्षा दिने वृद्धको दैनिकी २० फोटोमा हेर्नुहोस्

राेयटर्स

स्याङ्जा — स्याङ्जाका ६९ वर्षीय दुर्गेस कामी बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा सामेल छन् । स्याङ्जाको कालभैरव उच्च माविमा अध्ययनरत कामीले आफ्ना नातिनातिना सरहकाहरुसँगै परीक्षामा सामेल भएका हुन् ।

याे पनि पढ्नुहाेस् -

एसईई दिँदै ६९ वर्षीय वृद्ध

१६ वर्षअघि पत्नीको मृत्युपछि एक्लोपन भुलाउन उनी कक्षा १ मा भर्ना भएका हुन् । एक वर्षअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि नभेष चित्रकारले उनको घर पुगेर उनको दैनिकी क्यामेरामा कैद गरेका थिए ।

सबै तस्बिरहरु : नभेष चित्रकार/राेयटर्स

प्रकाशित : चैत्र ३, २०७३ १६:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT