२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ट्रम्पले उल्टयाए ओबामाको क्युबा नीति

सिन्हवा

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग सम्बन्ध सुधार गर्ने गरी निवर्तमान राष्ट्रपति बाराक ओबामाले क्युबासँग गरेको सम्झौता खारेज भएको घोषणा गरेका छन् । मियामीमा शुक्रबार बोल्दै उनले एकपक्षीय भएकाले क्युबासँग यसअघिको प्रशासनले गरेको सम्झौता खारेज गरेको बताएका हुन् ।

ट्रम्पले उल्टयाए ओबामाको क्युबा नीति

ओबामाले क्युबासँगको यात्रा प्रतिबन्ध खुकुलो बनाउँदै व्यापारमाथिको कडाइलाई केही सहज बनाएका थिए । तर ट्रम्प प्रशासनले त्यसमाथि पुन: प्रतिबन्ध लगाएको छ ।

शुक्रबार ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा ओबामाको क्युबा नीतिलाई लगभग पुरानै अवस्थामा फर्काउने गरी प्रक्रिया सुरु भएको घोषणा गरिएको छ ।

‘यसअघिको प्रशासनले क्युबामा अमेरिकीको यात्रा र व्यापारका विषयमा लिएको नीतिले अमेरिकालाई सहयोग नगरेकाले अब त्यसलाई लागू गर्न सकिँदैन,’ ट्रम्पको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ट्रम्पले क्युबाको कानुनी बन्देजका बारेमा पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । अमेरिका र क्युबाबीचको कूटनीतिक सम्बन्ध भने खुला नै रहने जनाइएको छ । अमेरिका आयात गरिने मदिरा र सिगारमा भने प्रतिबन्ध लगाइएको छैन ।

सन् २०१४ को डिसेम्बरमा झन्डै ५ दशकपछि क्युबा र अमेरिकाबीचको सम्बन्धमा ठूलो परिवर्तन गरिएको थियो । तत्कालीन राष्ट्रपति ओबामाले क्युबा र अमेरिकाको सम्बन्धलाई सामान्य अवस्थामा पुर्‍याउने पहल गरेका थिए । त्यसपछि दुवै देशबीच कूटनीतिक, सामाजिक, आर्थिक एवं व्यापारिक सम्बन्धमा सुधार आएको थियो ।

अमेरिकाले क्युबामा दूतावास खोलेपछि क्युबा जाने अमेरिकीको संख्या निकै बढेको थियो । अमेरिकाको व्यापारिक क्षेत्र पनि फराकिलो भएको थियो ।

प्रकाशित : असार ३, २०७४ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?