२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

ट्रम्पको यात्रा प्रतिबन्धमा अदालतको अवरोध

एपी

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघि जारी गरेको यात्रा प्रतिबन्धको आदेश अदालतले पुन: रोकिदिएको छ ।

 ट्रम्पको यात्रा प्रतिबन्धमा अदालतको अवरोध

कार्यान्वयनमा आउनु अघि नै हवाईको अदालतले ट्रम्पको आदेशले राष्ट्रियताको आधारमा विभेद गरेको भन्दै यात्रा प्रतिबन्ध कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मार्च ६ मा ट्रम्पले ६ वटा मुस्लिम बाहुल्यता भएको देशका नागरिकलाई अमेरिका प्रदेशमा रोक लगाउने आदेश जारी गरेका थिए ।

आधा दर्जन भन्दा बढी राज्यले राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध कार्यान्वयन नगर्न प्रयास गरेका छन् । तीमध्ये मेरिल्याण्ड, वासिङ्गटन र हवाईको अदालतको यसको विपक्षमा बहस भएको थियो ।

अमेरिकी डिष्ट्रिक अदालतका न्यायाधीश डेट्रिक वाट्सनले राष्ट्रपतिको यात्रा प्रतिबन्ध कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।

राष्ट्रपति हुनेवित्तिकै ट्रम्पले दिएको यस्तै खालको यात्रा प्रतिबन्धको आदेश पनि अदालतले रोकेको थियो । ट्रम्पले उक्त आदेश परिमार्जन गरी आज बिहीबारदेखि लागू हुने गरी आदेश दिएका थिए ।

प्रकाशित : चैत्र ३, २०७३ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?