अमेरिकाले गर्‍यो ३५ रसियालीलाई देश निकाला- विश्व - कान्तिपुर समाचार

अमेरिकाले गर्‍यो ३५ रसियालीलाई देश निकाला

निर्वाचनमा साइबर हमला गरेको आरोप
रासस/सिन्ह्वा

वासिङ्गटन — संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गरेका हुन् । आफ्नो कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्ट्रपति ओबामाले ती रसियालीलाइे देश निकाला गरेका हुन् । अमेरिकी राष्ट्रपतिले ३५ जना रसियाली नागरिक र अरु विभिन्न ९ वटा संघ संस्थालाई पनि आर्थिक नाकाबन्दी लगाएको घोषणा गरेका छन् ।

पछिल्लो समयमा ती संस्था र व्यक्तिमाथि निगरानी राखिएको थियो । ती व्यक्ति र संस्थाले अमेरिकामा हालै भएको राष्ट्रपति निर्वाचनमा साइबर हमला गरी निर्वाचनमा अवरोध पुर्‍याएको जनाइएको छ । उनीहरुलाई ७२ घन्टाभित्रै घर छोड्न आदेश दिइएको छ । साथै ती सूचना प्रविधिमा कामगर्ने संघ संस्थालाई पनि आर्थिक कारोबार गर्नबाट रोक लगाइएको छ ।

त्यसैगरी रसियाली सरकारको मातहतमा रहेका भनिएका न्युयोर्कमा रहेको एक र म्यारिल्याण्डमा रहेको अर्को एक गरी दुईवटा कार्यालय पनि तत्काली बन्द गराइने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी सरकारको यो पछिल्लो निर्णयले पछिल्ला केही समययता रहेका अमेरिका र रसियाको विवाद सतहमा आएको विश्लेषकहरुले जनाएका छन् । अमेरिकी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल काण्डलाई बाहिर ल्याइएपछि त्यस विषयमा वर्तमान सरकारले त्यसको अनुसन्धान गरिरहेको थियो ।

इमेल काण्डलाई बाहिर ल्याउने र क्लिन्टनलाई हराउने काममा रसियाको हात रहेको जानकारी यसअघि नै बाहिर आएको थियो ।

प्रकाशित : पुस १५, २०७३ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँदै

काठमाडौं — गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर आज शुक्रबार पुस १५ गते ‘तमू ल्होसार’ पर्व मनाउँदैछन् । ल्होछारको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर र विदेशमा रहेका तमू संघ संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

काठमाडौं टुँडिखेलमा ल्होछार विशेष समारोह आयोजना गरिएको छ । समारोहअघि उपत्यकाका विभिन्न ठाउँबाट साँस्कृतिक झाँकी, गुरुङ भेषभुषामा सजिएर र्‍याली निकालिनेछ । समारोह प्रधानमन्त्री पुष्पकमल दाहालले दिउँसाे उद्‍घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री दाहाललगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।
 
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले बताए ।

‘तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ’– उनले भने ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएका क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताए ।

यस पर्वका अवसरमा आज शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ । रासस

 

प्रकाशित : पुस १५, २०७३ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×