अन्तरिक्षमा दोस्रो प्रयोगशाला स्थापना गर्दै चीन

सीएनएन

बेइजिङ — चीनले आइतबार चालु वर्षको उत्तराद्र्धमा पृथ्वी कक्षमा दोस्रो अन्तरिक्ष प्रयोगशाला पठाउने घोषणा गरेको छ । उक्त प्रयोगशाला स्थापना एउटा मानवयुक्त यान पनि पठाइने भएको छ ।

अन्तरिक्षमा दोस्रो प्रयोगशाला स्थापना गर्दै चीन

चीनले आइतबार चालु वर्षको उत्तराद्र्धमा पृथ्वी कक्षमा दोस्रो अन्तरिक्ष प्रयोगशाला पठाउने घोषणा गरेको छ । उक्त प्रयोगशाला स्थापना एउटा मानवयुक्त यान पनि पठाइने भएको छ ।

टियानगोङ–२ पाँच वर्षको बीचमा चीनले स्थापना गर्न लागेको दोस्रो अन्तरिक्ष प्रयोगशाला हो । प्रयोगशाला प्रक्षेपण सफल भएमा सेनझाउ–११ नामक यान दुई अन्तरिक्ष यात्री बोकेर पृथ्वी कक्षतर्फ जानेछ । त्यसले त्यहाँ टियानगोङसँग जोडिन कोसिस गर्नेछ ।

त्यसअघि चीनले लङ मार्च ७ नामक रकेट परीक्षण गर्दै छ, जुन सन् २०१७ को सुरुआतमा टियानगोङका लागि कार्गो बोकेर जानेछ । ‘लङ मार्च ७ हाम्रो मानवयुक्त अन्तरिक्ष कार्यक्रमका लागि विकास गरिएको पछिल्लो रकेट हो,’ चिनियाँ अन्तरिक्ष कार्यक्रमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘हाम्रो मध्यम आकारका रकेटका पछिल्लो पिँढीका लागि यो प्राथमिक मोडल हो । यसको प्रक्षेपणबाट चीनको अन्तरिक्ष क्षमतामा व्यापक सुधार आउनेछ,’ विज्ञप्तिमा उल्लेख छ । यी सबै परीक्षण सन् २०२० सम्म आफ्नै अन्तरिक्ष स्टेसन बनाउने चीनको बृहत्तर लक्ष्यसँग जोडिन्छन् । टियानगोङ शृंखला अन्तरिक्ष केन्द्रकै प्रारूप हुन् ।

विज्ञप्तिमा अन्तरिक्ष कार्यक्रम योजनाअनुसार अगाडि बढिरहेको उल्लेख छ । टियानगोङ–१ लाई २०११ को सेप्टेम्बरमा पृथ्वी कक्षमा पठाइएको थियो । एउटा मानवरहित यान केही सातापछि त्यसमा गएर जोडिएको थियो । मानवयुक्त यानहरूचाहिँ पछिल्ला दुई वर्षमा लगातार जोडिन पुगे ।

अमेरिका र रूसले अन्तरिक्ष कार्यक्रममा धेरै प्रगति गरिसकेको अवस्थामा चीन ढिलो गरी यो दौडमा मिसिएको हो । यसले सन् १९७० मा मात्र आफ्नो पहिलो भूउपग्रह अन्तरिक्षमा पठाएको हो । जबकि त्यसको ११ वर्षअघि नै अमेरिकाले चन्द्रमामा मानव पाइला टेकाउन सफल भएको हो । पछिल्ला चार दशकमा भने चीनले अन्तरिक्षसम्बन्धी अनुसन्धान र तालिमका लागि चीनले अथाह पैसा खर्च गरिसकेको छ । यसले सन् २००३ अक्टोबरमा पहिलो अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको हो ।

त्यसयता थप १० चिनियाँ अन्तरिक्ष यात्रीहरू पृथ्वीकक्षमा पुगिसकेका छन् । महत्त्वाकांक्षा र त्यसअनुरूपको लगानी हेर्दा चीनको अन्तरिक्ष कार्यक्रम एकदमै बुझ्नलायक छ ।

प्रकाशित : फाल्गुन १७, २०७२ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?