ओबामा फ्रान्स जाने

एपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति बाराक ओबामा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन फ्रान्सको राजधानी पेरिस जाने भएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबार दिएको जानकारीअनुसार विश्वव्यापी रूपमा बढ्दो मात्रामा देखिएको जलवायु परिवर्तनको चासोको सम्बोधनका लागि पहल भइरहेको भनिएको उक्त सम्मेलनमा सहभागिताका लागि राष्ट्रपति ओबामा जान लागेका हुन्।

ओबामा फ्रान्स जाने

ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले दिएको जानकारीअनुसार राष्ट्रपति ओबामा यही नोभेम्बर ३० र डिसेम्बर १ का दिन मात्र उक्त सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलन नोभेम्बर ३० बाट सुरु हुँदै छ। उक्त सम्मेलनमा विश्वका थुप्रै नेताहरूको सहभागिता हुने अनुमान गरिएको छ।

‘जलवायु परिवर्तनजस्तो विश्वव्यापी समस्याको एजेन्डामा विश्वका नेताहरूसँग छलफल र परामर्श गर्न राष्ट्रपति ओबामा त्यहाँ जान लागेका हुन्,’ प्रवक्ता जोसले बताए।

यसको प्रभाव कम गर्न आवश्यक कार्बन कटौतीका कार्यक्रममा पनि उनले जोड दिने ह्वाइट हाउसले जनाएको छ। यसैबीच अर्को एक समाचारअनुसार राष्ट्रपति बाराक ओबामाले सोमबारै आफ्नो नयाँ फेसबुक पेज पनि सञ्चालनमा ल्याएका छन्। उनले उक्त पेजमा गरेको पहिलो पोस्टमा जलवायु परिवर्तनको असर कम गर्ने कार्यका लागि सबैसँग आग्रह गरेका छन्।

प्रकाशित : कार्तिक २५, २०७२ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?