राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामै फर्कियो

विद्रोहको जोखिम मोल्न चाहेनौं: सह प्रवक्ता श्रेष्ठ

काठमाडौं — संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामै फर्किएको छ ।

प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले लिखित पत्र पठाएपछि सकारात्मक वातावरण बनेको भन्दै केन्द्रीय समितिको बैठकले पुन: प्रक्रियामै फर्किने निर्णय गरेको हो ।

राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामै फर्कियो

संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामै फर्किएको छ ।

प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले लिखित पत्र पठाएपछि सकारात्मक वातावरण बनेको भन्दै केन्द्रीय समितिको बैठकले पुन: प्रक्रियामै फर्किने निर्णय गरेको हो ।

‘कि त विधिको शासन मान्नुपर्छ, नभए विद्रोहको बाटो लिनुपर्छ,’ बैठकपछि राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले भने, ‘हामीले विद्रोहको जोखिम लिन चाहेनौं ।’ उनले मुलुक जटिल राजनीतिक संक्रमणमा रहेकाले निकास दिन भए पनि प्रक्रियामै फर्किने निर्णय गरिएको बताए ।

राप्रपा नेपालको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माणमा बाइपास गरेको भन्दै प्रक्रियाबाट अलग रहने निर्णय गरेको थियो ।

बैठकले एजेन्डा रक्षाका लागि संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको श्रेष्ठले बताए ।

राप्रपा नेपालले मधेसमा देखिएको समस्यालाई संविधान निर्माण केही दिन रोकेरै भए पनि सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित : भाद्र २६, २०७२ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?