कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

जापानी सुसी नेपाली सिप

डेढ दशकअघि बेलायत आएका दोलखाका छोङ नोर्बु शेर्पाले लन्डनमा ‘इरो’ सुसी सञ्चालन गर्छन् । २०१४ मा सुरु भएको उनको व्यवसाय हाल लन्डनका २३ स्थानमा छ । उनी चाँडै नै अमेरिका र युरोपमा पनि शाखा विस्तार गर्ने तयारीमा छन् । 

काठमाडौँ — डेढ दशकअघि बेलायत सरकारले अध्यागमन नीति निकै खुकुलो पारेपछि विद्यार्थीको बाढी नै आयो । त्यही मेसोमा नेपालबाट पनि ओइरिए हजारौं विद्यार्थी । त्यसैमध्येका एक हुन् दोलखाका छोङ नोर्बु शेर्पा । 

जापानी सुसी नेपाली सिप

२०६१ सालमा एसएलसी दिएलगत्तै उनी काठमाडौं पसे। सपना थियो बेलायती लाहुरे बन्ने। कक्षा १२ सम्मको पढाइ सकेपछि ‘ट्राई’ गरे। तर सफलता हात लागेन। अस्ट्रेलिया जाने भनेर भाषा परीक्षा पनि दिए। तर विद्यार्थी भिसासम्बन्धी केही नियम परिवर्तन भयो त्यसैबेला। त्यसपछि भिसा नपाउने निर्क्यौमा पुगेपछि कन्सल्टेन्सीसँगको सल्लाहमा आवेदन फिर्ता लिए।

त्यसपछि के गर्ने र कसो गर्ने अन्योलमै थिए उनी। त्यसै क्रममा बेलायतले टियर फोर नीति ल्याएपछि २००९ जुलाईमा लन्डन आइपुगे। सुरुका दिन निकै संघर्ष खेपे उनले। करिब आठ महिना त काम नै पाएनन्। त्यतिबेला साथीहरूबाट ऋण लिएर जसोतसो बाँचेको बताउँछन् छोङ। पछि नर्थ ह्याम्पटनस्थित नेपाली रेस्टुरेन्टमा काम पाए। ‘सातामा ४ दिन काम गरेर ८० पाउन्ड कमाइ हुन्थ्यो,’ उनले उतिबेलाका संघर्षका दिन सम्झिए, ‘त्यो पनि लन्डन प्लमस्टिडबाट त्यति टाढा जानुपर्दा लगभग सकिन्थ्यो।’


प्रकाशित : असार २६, २०८१ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×