कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मुखै रसाउने साँगाको पाउँ

काभ्रे — काठमाडौं उपत्यकाबाट काभ्रेपलाञ्चोक जिल्लाको प्रवेशद्वार साँगा देब्रेतिर उकालो लाग्दै गर्दा लहरै पाउँका पसलहरु देखिन्छन् । पाउँका अनेकन स्वाद देख्दा कसको मुख रसाउँदैन र ? भक्तपुर ‘जुजु धौु ले जस्तै साँगा भने ‘पाउँ’ले प्रख्यात छ ।

मुखै रसाउने साँगाको पाउँ

२०६७ सालमा काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमा क्षेत्रमा कैलाशनाथ महादेवको मूर्ति निर्माण गरिएपछि यहाँ आउने धार्मिक पर्यटकका कारण पाउँ व्यवसाय पनि चम्केको हो । यहाँ एक दर्जन भन्दा धेरै पाउँ उद्योग सञ्चालनमा छन् ।

स्थानीय सञ्जय श्रेष्ठले २०५३ सालदेखि लक्ष्मी पाउँ उद्योग सञ्चालन गर्दै आएका छन् । यो साँगाको पुरानो पाउँ उद्योग हो । पुर्ख्यौली पेशालाई निरन्तरता दिदैं व्यवसाय सञ्चालन गरिरहेको सञ्जयले पहिले साँगामा लप्सीको मात्रै पाउँ र माडा बनाउने गरिएपछि पछिल्ला वर्षमा अनेकन स्वादका अनेकथरी पाऊँ पाउन थालिएको बताए ।

उनले भने, ‘लप्सीकै पाउँमा पनि धेरै थरीका भेराइटीहरु बनाउन थालिएको छ । लप्सीको क्याण्डी, सुख्खा पाउँ, झोल पाउँ, इम्ली, कागती, आँप, छोगडा, मिक्स पाउँ लगायत धेरै थरीका भेराइटीमा पाईन्छ ।’ यहाँका स्थानियले पाउँ बनाउनका लप्सी सिन्धुपाल्चोक जिल्लाबा ल्याउँछन भने इम्ली र आँप तराईका जिल्लाबाट ल्याउँछन् ।



प्रकाशित : जेष्ठ २९, २०८१ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x