कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

'नेपाली खेलकुदमा क्रिकेटले छलाङ मारेको छ'

लडरहिल, फ्लोरिडा — नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्वय वसन्त थापा र राजन रायमाझी एकै साथ उत्रँदा त्यो विपक्षीका लागि दुस्वप्न हुन्थ्यो । उनीहरु जति खेले त्यो समय मनाङ मर्स्याङदी क्लबले घरेलु फुटबलमा एकछत्र राज गरेको थियो ।

'नेपाली खेलकुदमा क्रिकेटले छलाङ मारेको छ'

झन्डै एक दशक नेपालबाट खेल्नेक्रममा वसन्तले ८ गोल गरेका थिए । राजनले सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध समुह चरणको पहिलो खेलमा गोल गरेका थिए ।

पछिल्लो झन्डै डेढ दशक दुवै अमेरिकाका फ्लोरिडामा छन् । संयोगले नेपालले फ्लोरिडाको लडरहिल स्थित ब्रवर्ड क्रिकेट रंगशालामा ट्वान्टी २० विश्वकप क्रिकेटमा श्रीलंकाको सामना गर्दैछ । नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलंका पहिलो दुवै खेलमा दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भइसकेको छ । २०१४ को ट्वान्टी २० विश्वकप समूहचरणबाटै बाहिरिने स्थितिमा पुगिसकेको छ भने नेपाललाई पनि सुपर ‘एट’ मा पुग्ने आशालाई कायमै राख्न श्रीलंकाविरुद्धको खेल जित्नै अवस्थामा छ ।

यसैक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यद्घय वसन्त थापा र राजन रायमाझीसँग गरेको ट्वान्टी २० विश्वकप क्रिकेट संवाद ।

प्रकाशित : जेष्ठ २७, २०८१ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x