कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकार र निजी क्षेत्र दुवैले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छ : ओली

काठमाडौँ — सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।

सरकार र निजी क्षेत्र दुवैले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छ : ओली

नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताएका हुन् । उनले पुँजी र प्रविधिको विकास गर्ने बाटोमा पनि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैंले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पुँजी र प्रविधिले पुगेन भने पुँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेष्ट गर्ने गर्नुपर्दछ । मुख्य रुपमा आफूले विकास गर्ने, पुँजीको सृजना गर्ने उत्पादनबाट । त्यस कामतिर लाग्नु पर्दछ ।’

अध्यक्ष ओलीले बजेट कार्यान्वयनको सम्बन्धमा पनि आफूले सरकारसँग कुरा गरिरहेको जनाए । उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोग लगायतका काम नेपालले गर्न सकेमात्रै मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराए ।

अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए ।


प्रकाशित : जेष्ठ २६, २०८१ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x