कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

कान्तिपुर अध्यक्ष सिरोहियालाई तानाशाही शैलीमा पक्राउ गरियो : महासचिव लम्साल

काठमाडौँ — नेपाल मिडिया सोसाइटीका महासचिव मदन लम्सालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पञ्चायती शैलीमा पक्राउ गरिएको बताएका छन् । बुधबार सेन्ट्रल बिजनेस पार्कमा आयोजित पत्रकार सम्मेलनमा महासचिव लम्सालले गृह प्रशासन र सरकारका तर्फबाट गलत कदम चालिएको बताएका हुन् । 

कान्तिपुर अध्यक्ष सिरोहियालाई तानाशाही शैलीमा पक्राउ गरियो : महासचिव लम्साल

कानुनअनुसार जसलाई पनि सोधपुछ र छानबिन गर्न पाइने उल्लेख गर्दै लम्सालले सिरोहियालाई तानाशाही शैलीमा सञ्चार गृहबाट पक्राउ गरिएको बताएका हुन् ।

'हामी सम्पूर्ण मिडियासम्बद्ध संघसस्थाहरू यो गलत काम भयो भन्ने पक्षमा छौँ । यसको हामी सशक्त प्रतिरोध र विरोध गर्छौँ जबसम्म कान्तिपुर मिडिया हाउसका सञ्चालक कैलाश सिरोहियालाई ससम्मान रिहा गरिँदैन,' उनले भने, 'कानुनले दिएको नियमअनुसार जसलाई पनि सोधपुछ गर्न पाइन्छ । त्यसको विधिप्रक्रियाबाट होस् । यो गलत तरिकाले कार्यकक्षमा आएर मिडिया हाउसबाट यो पञ्चायती शैलीमा तानाशाही शैलीमा आएर जसरी पक्राउ गरियो ।'

विश्वभर नै तानाशाही सरकारबाट सञ्चार उद्योगलाई आक्रमण हुने गरेको पनि महासचिव लम्सालको भनाइ छ । 'गृह प्रशासनबाट सरकारबाट काम कदम भएको छ यसको हामी सधैं नै विरोध गर्नेछौँ । शक्तिमा पुगेँ भन्दैमा प्रेसलाई आक्रमण गर्ने चलन संसारभरकै हो । हामीले यसलाई पनि त्यही रूपमा बुझेका छौँ,' उनले भने ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x