कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

भर्चुअल हिंसाको मारमा महिला

काठमाडौँ — भर्चुअल माध्यमबाट हुने हिंसाको नयाँ शैलीका कारण महिलामाथि नयाँ जोखिम थोपरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा परेका साइबर अपराधका उजुरीहरूको तथ्यांकलाई केलाउने हो भने महिलाहरू भर्चुअल हिंसाको डरलाग्दो जोखिममा रहेको बुझिन्छ ।

भर्चुअल हिंसाको मारमा महिला

ब्युरोका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८०/८१ सम्मका झण्डै ७ वर्षमा साइबर अपराधका २५ हजार ८ सय ७४ उजुरी परेका छन् । जसमा विभिन्न प्रकारको भर्चुअल हिंसा वा उल्झन भोग्न बाध्य महिला र बालिकाको संख्या मात्रै १३ हजार ५ सय २९ रहेको छ ।

ब्युरोका एसपी पशुपति रायकाअनुसार महिलामाथि हुने हिंसामा मुख्यगरी प्रतिशोध साध्ने वा चरित्रहत्या गर्ने मनसायले भएको देखिन्छ । उनले प्रेम सम्बन्धमा रहँदाका गोप्य तस्बिर वा भिडियोहरू सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरेर प्रतिशोध साध्ने रिभेन्ज पोर्नको खतरनाक शैलीबाट पनि महिलाहरूमाथि हिंसा थोपर्ने काम भइरहेको छ ।

‘द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’ को सन् २०२० मा तयार पारेको प्रतिवेदनअनुसार विश्वका ८५ प्रतिशत महिलाले आफू अनलाइन हिंसाको साक्षी बन्नुपरेको र ३८ प्रतिशतले व्यक्तिगत रूपमै अनलाइन हिंसा खेपेको निष्कर्ष निकालेका छन् । यो प्रतिवेदनमा तन्नेरी महिलाहरूले अनलाइनमार्फत बढी हिंसा भोग्नु परिरहेको तथ्य पनि उल्लेख गरिएको छ ।

यो प्रतिवेदनमा दक्षिणी अमेरिकी र युरोपियन देशको तुलनामा अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन देशहरू, खाडीका देशहरू र एसिया प्यासिफिक क्षेत्रका महिलाहरू अनलाइनबाट बढी हिंसा भोग्न बाध्य छन् । नेपाल, भारत, श्रीलंका, बंगलादेश लगायतका एसिया प्यासिफिक क्षेत्रमा पर्ने देशका ८० प्रतिशत महिलाले आफूले कुनै न कुनै समय अनलाइन हिंसा भोगेको प्रतिवेदनमा उल्लेख छ ।

अनलाइन माध्यममा महिलाको पहुँच लगायतको विषयमा अनुसन्धान गर्ने संस्था बडी एण्ड डेटाले इन्टरनेट अनुभव गरिरहेका पहिचानहरू, नेपाल सर्वेक्षण प्रतिवेदनमा इन्टरनेटमा हिंसा हुनु सामान्य घटना जस्तै भएको उल्लेख गरिएको छ । यो सर्वेक्षणमा सहभागीमध्ये ८६ प्रतिशत बढीले जीवनमा कुनै न कुनै खालको अनलाइन हिंसा भोगिरहेको बताएका थिए ।

प्रकाशित : पुस १८, २०८० १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?