कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

पञ्चायतदेखि गणतन्त्रसम्मै चलिरहेछ अवैध सुनको धन्दा

काठमाडौँ — संगठित सुन तस्करीको अटुट श्रृंखलाले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि माथि प्रश्न उठाएको छ । सरकारले सुन तस्करी अनुसन्धान गर्न समिति नै बनाईरहेका बेला मंसिर २२ गते राति गोरखाका चन्द्र घले १४ केजी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाट पक्राउ परे ।

पञ्चायतदेखि गणतन्त्रसम्मै चलिरहेछ अवैध सुनको धन्दा

यो घटनाले सुन तस्करी निरन्तर चलिरहेको छ भन्ने प्रस्टै बुझाउँछ । मंसिर १९ देखि २३ गतेसम्मको ५ दिनमा मात्रै विमानस्थल र काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मात्रै २९.५ किलो सुन बरामद भयो । यो तथ्यांकले सुन तस्करी निरन्तर भईरहेको छ । तर पक्राउका केही घटनामात्रै सार्वजनिक भएका हुन भन्ने सजिलै बुझिन्छ ।

सुन तस्करीका घटना नेपालका निम्ति नयाँ भने होईनन् । अवैध स्वर्ण धन्दा पञ्चायतकालमा सबैभन्दा धेरै मौलाएको थियो ।

पञ्चायतकालमै सुर्खेतबाट निर्वाचित तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा साढे २२ किलो सुनसहित विमानस्थलबाट पक्राउ परेको घटना सार्वजनिक भएको थियो । त्यतिबेला बुढाले बयानमा चुनावमा खर्च गर्नुपर्छ भनेर नेताहरुले हङकङबाट सुन ल्याउन सल्लाह दिएको बताएका थिए । २०४३ सालमै लमजुङबाट निर्वाचित नरबहादुर गुरुङ पनि अवैध सुन सहित समातिएका थिए ।

०४४ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डिबी लामालाई सुन तस्करीको अभियोग लागेको थियो । अंगरक्षक कर्णेल गुरुङले प्रहरीसँगको बयानमा सुन तस्करीमा ठूलाबडाको संग्लनता भएको र भरियामार्फत् एक क्विन्टल सुन भित्र्याएको बताएका थिए ।

सुन तस्करीको घटनाले प्रजातन्त्र स्थापनापछिका वर्षहरुमा पनि निरन्तरता पायो । आर्थिक वर्ष ०४७/४८ मा ६६१.७१ केजी अवैध सुन बरामद भएको थियो । आर्थिक वर्ष ०४८/४९ मा २९०.०१ केजी सुन बरामद भएको थियो भने आर्थिक वर्ष ०४९/५० मा ५३९.९० केजी, आर्थिक वर्ष ०५०/५१ मा ३४९ केजी र आर्थिक वर्ष ०५१/५२ मा ५७८.९० केजी सुन बरामद भएको थियो । अवैध सुनको धन्दा त्यसपछिका वर्षहरुमा पनि कमी आएको छैन । आर्थिक वर्ष ०५२/५३ मा ५८८.९० केजी र आर्थिक वर्ष ०५३/५४ ५४८.६७ केजी अवैध सुन बरामद भएको थियो ।

सुन तस्करीले गणतन्त्र स्थापनापछिका वर्षहरुमा पनि निरन्तरता पायो । नेपाल प्रहरीकाअनुसार आर्थिक वर्ष ०७०/७१ यताका दस वर्षमा मात्रै सात क्वीन्टल अवैध सुन बरामद भएको देखिन्छ । एक दशकमध्ये आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा धेरै अर्थात २ सय १४ केजी अवैध सुन बरामद भएको थियो । चालु आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा धेरै अर्थात ९३.६ केजी बरामद भएको छ ।

प्रकाशित : पुस २, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?