कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

काठमाडौँ — उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरूसँग भेट्दैमा जलवायु परिवर्तन असर कम नहुने बताइन् ।

दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

उनले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताए । उनले युवाहरुलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने बताए ।

उनले भनिन्, ‘हाम्रो हरेक कुरामा पारदर्शिता हुनुपर्छ । युवाहरुलाई उद्यमी हुनका लागि त्यस्तै सरकारले विधेयकहरु बनाउनुपर्छ । सहज बनाइदिनुपर्छ । साथै पारदर्शिता पनि हुनुपर्छ । तपाईंहरु कोको गएर आउनुभयो, कोप २८ मा ? क्लाइमेट चेन्जमा धेरैजना जानु भएको छ । क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन । हामीले किचनबाट हरेक तपाईंहरूको एक्टिभिटिबाट क्लाइमेट चेन्ज हुन्छ । यहीँबाट गरौं न ।’

उपसभामुख रानाले हरेक कुरामा पारदर्शिता हुन जरुरी रहेको बताइन् ।

प्रकाशित : मंसिर २०, २०८० १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?