कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

इपिसेन्टर जाजरकोट : राहत वितरणमा राजनीतिक पहुँच, जातीय, वर्गीय र लैंगिक विभेद

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्प प्रभावित क्षेत्रमा अनुगमनमा गएको संसदीय समितिले पनि राहत वितरण सन्तुलित नभएको र आवश्यकताभन्दा पनि पहुँचको भरमा वितरण भइरहेको गुनासो संकलन गरेको छ । प्रभावित दुवै जिल्लालाई लक्षित गरी गएको राहत माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिमतर्फ तान्दा जाजरकोटवासीको पीडा थपिएको छ ।

इपिसेन्टर जाजरकोट : राहत वितरणमा राजनीतिक पहुँच, जातीय, वर्गीय र लैंगिक विभेद

स्थलगत अनुगमनमा रहेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कान्तिपुरसँग भने, ‘काठमाडौंबाट हिँडेको राहत सामग्री बीचमै कहाँ हरायो भन्ने प्रश्न छ । बाटोमा कतै रोकिएको छैन । यसले झनै ठूलो रहस्य खडा गरेको छ । यसको खोजबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । काठमाडौंबाट पठाइएका सामान बीचबाटै गायब हुन थाल्यो भने झनै ठूलो समस्या निम्त्याउँछ । यसको जानकारी सरकारले छिटो दिनुपर्छ ।’

भूकम्पको केन्द्रबिन्दु जाजरकोटका २० प्रतिशत पीडितका घरमा अहिलेसम्म सामान्य राहत पनि पुगेको छैन । ‘रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर भत्किएका छन् । पूर्वमन्त्री जनार्दन शर्माले नै १८ हजारभन्दा बढी घर क्षति पुगेको दाबी गर्नुभएको छ । उता, जाजरकोटमा भने ८० प्रतिशत प्रभावितले राहत पाएकै छैनन्,’ संघीय संसद्को राज्य व्यवस्था समितिका सभापति खतिवडाले कान्तिपुरसँग भने ।

प्रकाशित : कार्तिक २५, २०८० ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?