कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

आममाफी पाएका गाउँ पस्दा त्रासमा पीडित परिवार

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंमा बस्दै आएकी गुल्मीकी २६ वर्षीया पार्वती विश्वकर्मा गाउँमै रहेकी आमा गीतालाई छिनछिनमा फोन गर्छिन् । आमाको हालखबर सोध्छिन् । आमाबाट ‘ठिकै छु’ जवाफ आउँछ । छोरीलाई डर नहोस् भनेर मात्रै आमाले आफू ठिकै रहेको जवाफ दिन्छिन् ।

आममाफी पाएका गाउँ पस्दा त्रासमा पीडित परिवार

खासमा ठीक भएको भने पटक्कै छैन । तुलबहादुर विश्वकर्माको हत्याका दोषी पोमबहादुर घर्ती राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका दिन बाँकी सजाय माफी पाएर छुटेसँगै पीडित परिवारमा चैन छैन । आममाफी पाएर पोमबहादुर गाउँ पुगेका छन् । ‘विजयोत्सव’ जस्तो भावभंगीमा पोमबहादुर गाउँ डुल्छन् । जंगलमा पोमबहादुर संरक्षित वन्यजन्तुको चोरीसिकारी गर्न जाँदा उनले चलाएको गोलीबाट तुलबहादुरको मृत्यु भयो । त्यस घटनामा दोषी ठहर भई तोकिएको कैद भुक्तान नगरी राष्ट्रपतिबाट माफी पाएर उनी छुटे । यता पीडित परिवार भने हत्याका दोषीलाई निस्फिक्री गाउँमा देख्दा थप आहत बनेको छ ।

पढ्न काठमाडौं आएकी छोरी पार्वती घरमा एक्लै रहेकी आमाको बारे चिन्तित छिन् । ‘बाबुको हत्याका दोषी गाउँमा पुगेको छ । बुबा त गुमाए, अब आमा पनि मार्छ कि भन्ने डर छ,’ पार्वती भन्छिन् ।

प्रकाशित : आश्विन २५, २०८० १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?