कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

एसियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन : कप्तान पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।

एसियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन : कप्तान पौडेल

स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए ।

उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए । उनले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताए । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए । टि–२० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको उनले बताए ।

प्रकाशित : आश्विन १८, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?