कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सर्वोच्च अदालत परिसरमै ढलिन् भारती

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीमान् चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध अनशन थालेकी भारती शेर्पा  बेहोस भएपछि अस्पताल लगिएको छ । 

सर्वोच्च अदालत परिसरमै ढलिन् भारती

नेपालगन्जबाट आएर माइतीघर मण्डलामा बुधबारदेखि अनशन बस्न थालेकी थिइन् । कैद मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगकी थिइन् । तारेख बुझेर फर्किर्दै गर्दा उनी मध्याह्न १२ बजेतिर अदालत परिसरमै ढलेकी थिइन् ।

सुरक्षाकर्मी र एक युवतीको सहयोगमा भारतीलाई वीर अस्पताल पुर्‍याइएको हो । ट्याक्सीमा भारती राखेर वीर अस्पताल पुर्‍याएकी युवतीले भनिन्, ‘अहिले सामान्य अवस्थामा हुनुहुन्छ ।’

प्रकाशित : आश्विन १७, २०८० १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?