कुनै दिन हिमालमा शेर्पा नभेटिन पनि सक्छन् : दावा याङजुम शेर्पा


काठमाडौँ — दोलखाको रोल्वालिङ क्षेत्रमा जन्मिएकी दावा याङजुम शेर्पाको नाम काम आज नेपालभन्दा बढी बाहिरी विश्वमा चिरपरिचित बनेको छ ।


एसिया क्षेत्रकै एकमात्र महिला अर्न्तराष्ट्रिय माउन्टेन गाइड बनेर चिनिएकी शेर्पाले ८ हजार मिटर माथिका १४ शिखरमध्ये १२ वटाको आरोहण गरिसकेकी छन् । नेशनल जोग्राफीको टिम लिएर ३ पटक सगरमाथा आरोहण गरिसकेकी दावा महिलाको नयाँ पुस्तालाई पर्वतारोहणको क्षेत्रमा आकर्षित गर्न गराउन स्वयंसेवी बनेर तालिम-प्रशिक्षणमा पनि व्यस्त रहने गरेकी छन् ।
‘तर, सरकारलाई शेर्पा र सगरमाथाको त्यति मतलब नरहेको हो कि झैं लाग्न थालेको छ,’आरोही दावा भन्छिन्‚ ‘हाम्रो शेर्पा समुदायलाई पेसागत र अरु तहमा पनि कुनै प्रकारको सुविधा दिइएको छैन, बिमा वा स्वास्थ्य सुरक्षाका सरकारले दिन सक्ने सुविधासमेत दिइएको छैन । त्यही भएर शेर्पाहरु नेपाल छाडेर विदेशितर पलायन भइरहेका हुन् ।’
आरोहण गर्न बाँकी रहेकामध्ये चीनतर्फका २ (नेपालको छोयुसहित) आरोहणका लागि आगामी महिना यात्रामा निस्कन लागेकी ३२ वर्षीया दावाले कान्तिपुरसँग गरेको कुराकानी :