‘हाम्रो दार्जिलिङ पहाडमा धर्मान्धता आइगएको छैन’– डा. हर्कबहादुर क्षेत्री


काठमाडौँ — डा. हर्कबहादुर क्षेत्री पश्चिम बंगालको कालिम्पोङ क्षेत्रबाट गोर्खा जनमुक्ति मोर्चा पार्टी मातहतमा सन् २०११ मा विधानसभा विधायक बनेका थिए । गोर्खाल्याण्डको रापतापदेखि यो आन्दोलनको बिलयसम्मका प्रत्यक्षदर्शी एवं भुक्तभोगी क्षेत्री पछिल्ला वर्षमा भने राजनीतिबाट विमुख भएका देखिन्छन् ।


भाषा–संस्कृतिको स्वपहिचान अभियानदेखि भुटानी नागरिकको देश निकाला अत्याचारकाविरुद्ध लड्न अभियन्ताका रुपमा काम गरेका थिए । पछिल्ला वर्षमा बढी भाषिक र साहित्यिक सत्संगमा रमाइरहेका क्षेत्री यसपालि २८ वर्षपछि कालिम्पोङबाट काठमाडौं आइपुगेका थिए ।
प्रकाशित : भाद्र १८, २०८० ०७:३६