गाईजात्रा विशेष : स्वर्गालयमा बीपी-मदन संवाद


काठमाडौँ — गाईजात्राको तिथि नजिकिँदै गर्दा कलाकार मनोज गजुरेलको चर्चा अन्य समयमा भन्दा बढी हुन्छ । अनि उनले के हाँस्य खजना ल्याउँछन् भन्ने दर्शकहरुका लागि चासो पनि उस्तै । दर्शकको अपेक्षालाई निराश नबनाउन गजुरेल हरेक वर्ष नयाँ नयाँ पात्रको रुपमा आफूलाई तयार गर्छन् ।


नयाँ पात्रको रुपमा अभिनय गर्ने क्रममा यसपटकको गाईजात्रामा उनी एमालेका दिवंगत नेता मदनकुमार भण्डारीको स्वरुपमा बाहिर आउँदैछन् ।
प्रायः राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित व्यक्तिहरुको क्यारिकेचर गरिसकेका उनले आउँदो बिहीबारबाट राजधानीको प्रज्ञा भवनमा हुने २०८० सालको गाईजात्रा विशेषमा 'स्वर्गालय'मा कांग्रेसका दिवंगत नेता बीपी कोइरालासँग संवाद गर्ने छन् । कोइराला(बीपी)को भूमिकामा कलाकार चक्र दवाडी देखिनेछन् ।
नेपाली राजनीतिका चर्चित व्यक्तित्वहरुका रुपमा रहेका नेता मदन र बीपीको पात्र नै किन भने प्रश्नमा हाँस्यकलाकार गजुरेल भन्छन्–‘नेपालका अधिकांश चर्चित नेताहरु तथा व्यक्तित्वहरुको नक्कल गरिसकेकाले खोज्दै जाँदा यो पात्र छनोटमा पर्यो ।’ उनले मदनको भूमिकामा सुहाउँदो आफूलाई त पाए तर बीपीको भूमिका निभाउने भेट्न उनलाई मुस्किल पर्यो ।अन्ततः उनले बीपीको जस्तै कद, ज्यान र स्वरुप मिल्ने कलाकार दवाडीलाई फेला पारे ।
पूरा पढ्न : स्वर्गालयमा बीपी-मदन संवाद
प्रकाशित : भाद्र १२, २०८० १८:०१