बाघको आक्रमणबाट बचेको डेढ महिनाको 'केटो'

काठमाडौँ — चितवनको देवनगर बरण्डाभार वन क्षेत्रबाट डेढ महिनाको केटोलाई उद्धार गरिएको छ । बाघको आक्रमणबाट घाइते अवस्थामा फेला परेको केटोको कसरामास्थित वन्यजन्तु अस्पतालमा उपचार भइरहेकको छ ।

बाघको आक्रमणबाट बचेको डेढ महिनाको 'केटो'

शरीरको विभिन्न भागमा चोट लागेको गैंडाको बच्चाको स्वास्थ्य अहिले सुधारोन्मुख रहेको एनटीएनसीकी चितवन प्रमुख रचना शाहले बताइन् । 'देवनगरबाट उद्धार गरेर ल्याइएको यो बच्चाको धेरै घाउहरू अहिले निको हुने क्रममा छ । ' कसरस्थित वन्यजन्तु अस्पतालका भेटनरी चिकित्सकले उपचार गरिरहेका छन् ।

दैनिक दुई/दुई घन्टाको अन्तरमा केटोलाई दूध खुवाइएको शाहले जानकारी दिइन् । प्राकृतिक अवस्थामा बाघले गैंडाको बच्चालाई आक्रमण गर्ने गर्छ । बाघको आक्रमणमा परेर गैंडाका १५ प्रतिशत बच्चाहरू प्राकृतिक अवस्थामा मर्ने शाहले बताइन् । कतिपय अवस्थामा आक्रमणमा परेर बाँच्न पनि सक्ने उनले बताइन् । बच्चालाई बाघले आक्रमण गर्न खोज्दा माउले लखेट्ने पनि गर्छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?