२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बन्दी छोरा भेट्न नपाएका आमाहरू

भुटान सरकार र अन्तर्राष्ट्रिय रेडक्रसले दिएको भ्रमण अनुमतिपत्र साथैमा भए पनि भारतले रोकेपछि शरणार्थी दुई आमाले चेम्गाङ जेलमा थन्किएका छोरा भेट्न पाएनन्

काठमाडौँ — नक्कली शरणार्थीका नाममा ठूलो गोरखधन्दा चलिरहेका बेला झापा, बेलडाँगीको शिविरमा बस्ने दुई सक्कली शरणार्थी आमाहरूको हतारो आफ्नै काइदाको देखिन्थ्यो । वैशाखको अन्तिम आइतबार बिहान सखारै डम्बरकुमारी अधिकारी र कलावती मगर मेचीपुल नाघेर पानीटंकी–सिलिगुढीतिर जाने क्रममा थिए । 

बन्दी छोरा भेट्न नपाएका आमाहरू

यी आमाहरूका साथमा ५/७ वटा ठूला ब्याग र आ–आफ्ना हातेझोला थिए, भुटानी रंग–प्रकारको मजेत्रोले मुख ढाक्दै उनीहरू एकअर्कामा बात पनि मार्दै थिए– ‘आज अलिक चाँडै फुन्चोलिङ पुग्न पाए माथि जेलमा खबर पुग्थ्यो होला, भोलि बिहानै चेम्गाङ उक्लिन सजिलो हुन्थ्यो नि ।’

संयोगले आमाहरूसँगै हामी पनि बेलडाँगीबाट बाटो लाग्यौं– भारतको जयगाउँ, पासाखातिर । मेचीपुल तरेपछि झन्डै २ सय किलोमिटरको यात्रापछि पुगिन्छ जयगाउँ (भारत)–फुन्चोलिङ (भुटान) साँधसीमा । त्यो लामो बाटोमा सहयात्री बनेका उमेरले ६० नाघेका आमाहरूले मनमा थुप्रिएर बसेका वर्षौंवर्षका गुम्फनहरू निरन्तर पोखिरहे । ‘हाम्रा छोराहरू झेल (भुटानी लवज) मा छन्, १५ वर्ष बितिसक्यो खोरमा बसेको,’ डम्बरकुमारी बोल्दै थिइन्, ‘तिनेरलाई नभेटेको पनि ५ वर्ष छुनै लागेछ । त्यही भएर बल्लतल्ल मौका जुरेकाले हामी छोरा भेट्न हिँडेका नि ।’

पूरा पढ्न : बन्दी छोरा भेट्न नपाएका आमाहरू

प्रकाशित : जेष्ठ १४, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?