आगोमा हिँड्ने ताथलीको महाखली पर्व

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुरको ताथलीस्थित चाँगुनारायण नगरपालिका-९ सौडोलमा रहेका बस्नेत समुदायले महाखली पर्व मनाएका छन् । खाली खुट्टाले आगोको कोइलामा हिँडेर मनाइने यो जात्रालाई स्थानीय कौशिक गोत्रका खप्तडी बस्नेत बन्धुले कुल देवताको पूजाको रुपमा पनि मनाउने गरेका छन् ।

यसअन्तर्गत भर्भराउँदो आगो निभेपछि बाँकी रहेको तातो कोइलामाथि स्थानीय वृद्ध र युवाहरू खाली खुट्टाले हिँड्दै घुम्ने गर्छन् । रातको समयमा यसरी घुमेर 'खली खाएपछि' युवाहरू परिपक्व बन्छन् भन्ने जनविश्वास छ । यसरी आगोमा हिँड्दा 'पाप' गर्नेको खुट्टा पोल्ने र 'धर्म' गर्नेको खुट्टा नपोल्ने स्थानीयहरूको विश्वास छ । स्थानीयहरूका अनुसार पुस्तौंदेखि नै यो चलन यहाँ परम्पराको रुपमा चलिआएको छ ।

प्रकाशित : जेष्ठ ३, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्

चीनको पीएलएद्वारा नेपाली सेनालाई एमआरआई मेसिन सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले नेपाली सेनालाई एमआरआई मेसिन सहयोग गरेको छ । चीनका लागि नेपाली राजदूत छन सोङ् र प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए)का सदस्यले बुधबार सैनिक अधिकृतलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् । 

नेपाली सेनाका अनुसार सन् २०११ मा पीएलएसँग गरेको सम्झौताअनुसार मेसिन प्राप्त भएको हो । सोही अवसरमा छाउनीस्थित वीरेन्द्र अस्पतालको एउटा कम्प्लेक्स चीनका राजदूत छनले उद्घाटन पनि गरे ।


प्रकाशित : जेष्ठ ३, २०८० १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×