परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ : अर्थमन्त्री महत

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताएका हुन् । 

प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पत्तिको प्रतिफललगायतमा छलफल चलाउन जरुरी रहेको उनको भनाइ छ ।

देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । उनले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । पर्यटन, जलविद्युत्, कृषि व्यवसाय र आईटीलगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रूपमा लाभ लिन सकिने बताए ।

पर्यटन, जलविद्युत्, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी विस्तार गर्न सरकारअनुकुल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको मन्त्री महतले बताए ।

आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उनको भनाइ छ । ‘हाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र हो । हामी मूल्यांकन प्रक्रिया पुनः सुरु गर्न र लगानीको अनुकुल वातावरण बनाउन अन्य सम्बन्धित सुधारहरू गर्नप्रतिबद्ध छौं । अब हाम्रो ध्यान परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ जसले गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्छ,' अर्थमन्त्री महतले भने ।

मन्त्री महतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र रहेको उल्लेख गरे ।

प्रकाशित : वैशाख २९, २०८० १२:५५
प्रतिक्रिया
पठाउनुहोस्

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाको सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको 'इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल' कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले सरकार दिगो विकासका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उल्लेख गरे ।

सरकारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरिरहेको प्रधानमन्त्री दाहालले बताए । दिगो विकास लक्ष्य पूरा गर्नको लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको प्रधानमन्त्री दाहालले बताए । नेपाल दिगो समाधानमार्फत लगानीको खाडल पूरा गर्ने प्रयासमा रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताए ।

‘विकास लक्ष्यहरू हासिल गर्ने हाम्रो प्रयासमा, हामीले महत्त्वपूर्ण लगानी आवश्यक पर्ने धेरै मुख्य क्षेत्रहरू पहिचान गरेका छौं। यी क्षेत्रहरूमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश छन्। साझा समृद्धिका लागि राष्ट्रको दिगो विकास लक्ष्यहरू हासिल गर्न हाम्रा प्रयासहरूसँग मिल्न हामीलाई निजी क्षेत्र र वित्तीय संस्थाहरूको समर्थन र साझेदारी चाहिन्छ। हामी नविन, दिगो समाधानहरूमार्फत नेपालको लगानीको खाडललाई पूरा गर्न खोजिरहेका छौं । सरकार विदेशी लगानी आकर्षित गर्न र नयाँअवसरहरू सिर्जना गर्न हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छ। हामी हाम्रो विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारहरूसँग निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक छौं,’ उनले भने ।

प्रधानमन्त्री दाहालले नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको बताए । उनले विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको बताए ।

प्रकाशित : वैशाख २९, २०८० १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×