२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

प्रकाशित : वैशाख २७, २०८० १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x