२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

प्रधानमन्त्री दाहाललाई सांसद थापाले भने : दह्रोसँग खुट्टा टेके तपाईंको फिल्म चल्छ

काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका हुन् । 

प्रधानमन्त्री दाहाललाई सांसद थापाले भने : दह्रोसँग खुट्टा टेके तपाईंको फिल्म चल्छ

शरणार्थी प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भए पनि कारबाही हुनुपर्ने महामन्त्री थापाको भनाइ छ । बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुनु नहुने महामन्त्री थापाको भनाइ छ ।

महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा हुनुपर्ने भन्दै सरकारले यो प्रकरणमा दह्रो खुट्टा टेके मात्र सरकारले सुशासनको नारा लगाउनसक्ने बताए । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणमा सरकार कडाइका साथ प्रस्तुत हुने बताएका थिए ।

प्रधानमन्त्री दाहालले 'भ्रष्टाचारका फाइल खोलिएको र अहिले ट्रेलरमात्र आएको' बताएका थिए । उनले फिल्म भने आउन बाँकी रहेको बताएका थिए ।

बुधबार कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुसन्धानमा खुट्टा नकमाउन आग्रह गरेका छन् । महामन्त्री थापाले भने, 'यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ । तपाईंको फिल्म चल्छ । हाउसफुल हुन्छ । नभए हल खाली हुन्छ । सबैले हेरेको छ, यहाँ अनुसन्धान गरे भनेर मात्र हुँदैन अब । विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्री र फेयर भयो भन्ने विश्वास लाग्नुपर्छ ।’

महामन्त्री थापाले नक्कल भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दल र जुनसुकै तहका व्यक्ति भए पनि कारबाही हुनुपर्ने बताए ।

प्रकाशित : वैशाख २७, २०८० १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?