कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वतन्त्र प्रेस नभए लोकतन्त्र फस्टाउन सक्दैन : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्वतन्त्र प्रेस नभए लोकतन्त्र फस्टाउन नसक्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रेस युनियनले आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीमा नेता कोइरालाले मिडियाका बारेमा कसैले केही बोल्दा कांग्रेसको कान ठाडो हुने गरेको बताए ।

स्वतन्त्र प्रेस नभए लोकतन्त्र फस्टाउन सक्दैन : कोइराला

‘नेपालमा नागरिक स्वतन्त्रतालाई संस्थागत गर्न गिरिजाप्रसाद कोइरालाको योगदान छ,’ उनले भने, ‘अहिले पनि हामी नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा कटिबद्ध भएर उभिन्छौँ, नेपाली कांग्रेले यी दुवै कुरालाई आत्मसात् गरेको छ । प्रेस स्वतन्त्रताबिना जतिसुकै गफ गरे पनि लोकतन्त्र फस्टाउन सक्दैन । लोकतन्त्र नफष्टाए हामीले चाहेजस्तो समुन्नत नेपाल पनि बन्दैन ।’

उनले नेपालमा अहिलेको सफलता प्राप्तिका लागि मिडियाको उल्लेख्य भूमिका रहेको समेत दाबी गरे । ‘लोकतन्त्रमा मिडियाको भूमिका महत्त्वपूर्ण छ । कतै पनि कसैले पनि मिडियाको बारेमा केही भन्छ भने हाम्रो पनि कान ठाडो हुन्छ । किनभने मिडियाकै कारण ०६२/०६३ को आन्दोलनदेखि अहिलेसम्मको सफलता हात परेको हो,’ उनले भने, ‘यदि कसैले मिडियाका विषयमा बोल्छ भने तपाईंहरू चिन्ता नलिनुस्, ती विषय हाम्रा हुन्, ती विषयमा चिन्ता गर्ने जिम्मा हामीलाई छोडिदिनुस् ।’

नेता कोइरालाले कांग्रेस केही दिनभित्रै सरकारमा सहभागी हुने भन्दै अब १० दलीय गठबन्धनमा रहेर सरकारलाई अघि बढाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए ।

‘नेपाली कांग्रेस केही दिनभित्रै सरकारमा जादैछौँ । अहिलेको जुन परिस्थिति छ, कांग्रेसले त्यसलाई गम्भीर रुपले लिएको छ, त्यसलाई अगाडि बढाउने जिम्मा अब कांग्रेसबाट नेतृत्व लिएर सरकारमा जाने मन्त्रीहरूको हुन्छ,’ उनले भने, ‘१० दलको सरकार छ, यी १० दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो । कांग्रेसको काँधमा फेरि पनि धेरै ठूलो जिम्मेवारी आएको छ । यो सरकारलाई राम्रो चलाएर देखाएर अगाडि बढ्न सक्छौँ भन्ने विश्वास पनि हामीले लिएका छौँ ।’

प्रकाशित : चैत्र ७, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?