‘विश्वविद्यालय र उपकुलपतिको चीत्कारको सुनुवाइ भएको छैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरले विश्वविद्यालय विमर्शमा देशको उच्चशिक्षामा उत्कर्षमा पुगेको बेथितिलाई उजागर गर्दै आएको छ । नयाँ कुलपतिका रूपमा धर्मकान्त बाँस्कोटा आएपछिका तीन वर्षमा विश्वविद्यालयमा तीन सय ४२ दिन तालाबन्दी भएको छ, शिक्षाको गुणस्तर खस्कँदै जाँदा मानविकी र शिक्षामा मात्र होइन, विज्ञान/प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ र मेडिकलमा समेत विद्यार्थीको संख्या घट्दै गएको छ ।

त्रिविका जग्गामा प्रयोगशालाहरू बन्नुपर्नेमा भाडाका भवन बन्ने र त्रिविले भाडा उठाउने स्थिति छ, यो पृष्ठभूमिमा कान्तिपुरका उमेश चौहानसुदीप कैनीले उपकुलपति बाँस्कोटासँग विस्तृत संवाद गरेका छन् । पूरा पढ्न : ‘विश्वविद्यालय र उपकुलपतिको चीत्कारको सुनुवाइ भएको छैन’

प्रकाशित : चैत्र ६, २०७९ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्

'यो प्रधानमन्त्रीले दिएको वचन पनि विश्‍वास गर्न नसकिने देश हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको बोली र वचन विश्वासिलो नभएको बताएका छन् । उनले प्रधानमन्त्री दाहालले के कारणले पुस १० गते बालुवाटारबाट निस्किएर बालकोट पुगेर सहमति गरेको र अहिले त्यो सहमति किन तोडेको भन्ने विषयमा जवाफ दिनुपर्ने समेत बताएका छन् ।

निवर्तमान अर्थमन्त्रीसमेत रहेका पौडेलले देशको प्रधामन्त्रीको वचन नै विश्वास गर्न नसकिने अवस्था रहेको बताउँदै संसद्‍ त्यही कारणले महिना दुई महिनामा विश्वासको मत मात्रै माग्ने चक्करमा पर्ने अवस्था देखिएको बताए । उनले प्रधानमन्त्री दाहाललाई पुष २६ गते विश्वासको मत प्राप्त गरेपछि आज पुन: विश्वासको मत लिनुपर्ने अवस्थाको कारक को हो भनेर प्रश्न समेत गरे ।

'यो प्रधानमन्त्रीले दिएको वचन पनि विश्‍वास गर्न नसकिने देश हो । वचनको विश्वास गर्न नसिकने प्रधानमन्त्री भएपछि यो विश्वासको मत फेरि कति दिन पछि फेरि लिने हो । त्यो मिति पनि अहिले नै प्रधानमन्त्री दाहालले भनिदिए हुन्छ,' उनले भने, 'आफ्नो वचनमा अडिन नसक्ने प्रधानमन्त्रीलाई कसैले पनि विश्वासको मत दिनु हुँदैन ।'

प्रकाशित : चैत्र ६, २०७९ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×