आवेशमा आएर मृत्युदण्डको पक्षमा जानु हुँदैन : अध्यक्ष ओली- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आवेशमा आएर मृत्युदण्डको पक्षमा जानु हुँदैन : अध्यक्ष ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । 

मंगलबारदेखि काठमाडौंमा सुरु भएको मानव अधिकाररक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताए ।

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए ।

उनले भने, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन । तर कतिवटा देशहरुले त मृत्युदण्ड दिएको दिएै छ । संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेसनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्वीकार गर्दैन ।’

अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भईरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।


प्रकाशित : फाल्गुन ३०, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्

१२६ कम्पनीको सेयर मूल्य बढ्दा ७८ को घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार धेरैजसो कम्पनीको सेयर मूल्य बढेको छ । १२६ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १० को स्थिर रहृयो । परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्ला २ कारोबार दिनमा ठूलो अंकको गिरावट आएको बजारमा आज १.८ अंकको सुधार देखिएको हो । सो अंकको वृद्धिपछि नेप्से १९५३ अंकमा कायम भएको छ ।

कुल १ अर्ब १३ करोडको कारोबार भयो । हिजो १ अर्ब १६ करोडको कारोबार भएको थियो । बैंकिङ ३.९, उत्पादन २३, माइक्रोफाइनान्स १४ र ब्यापार उपसमूह ५० अंक घटे । विकास बैंक १२, फाइनान्स १६, होटल तथा पर्यटन १९, जलविद्युत् १८, जीवन बीमा ६, निर्जीवन बीमा ४७ र अन्य उपसमूह ६ अंक बढे ।

युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । शुभम पावरको ९.९, सुपरमादीको ९.३, विन्ध्यबासिनी हाइड्रोपावरको ७.२ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको मूल्य ३.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, नबिल बैंक, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र हिमालयन बैंक क्रमशः अगाडि रहे ।


प्रकाशित : फाल्गुन ३०, २०७९ १५:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×