राष्ट्रपति, उपराष्ट्रपतिबारे निर्वाचन आयोगको निर्णय संविधानविपरीत : उपसभापति खड्का- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति, उपराष्ट्रपतिबारे निर्वाचन आयोगको निर्णय संविधानविपरीत : उपसभापति खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगले संविधानको व्यवस्थाविपरीत निर्णय गरेको प्रतिक्रिया जनाएका छन् । 

सिंहदरबारमा बसेको सत्ता साझेदार ९ दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ संविधान अनुकूल नरहेको बताएका हुन् ।

'नेपालको संविधानले प्रस्ट भनेको छ, फरक लिंग वा फरक समुदाय हुनुपर्छ । एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन । तर फरक लिंग वा समुदायको राष्ट्रपति, उपराष्ट्रपति हुनुपर्छ भन्ने संविधानमा जे व्यवस्था छ । त्यो व्यवस्थाविपरीत निर्वाचन आयोगले निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्तले बोल्नुभएको कुरा वर्तमान मुलुकको संविधानको व्यवस्था अनुकूल छैन,' खड्काले भने ।

शुक्रबार निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा पनि राष्ट्रपति-उपराष्ट्रपति फरक लिंग वा फरक समुदाय उल्लेख गरिएको भन्दै नेता खड्काले आयोगको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा नै नमिल्ने बताए ।

'फरक लिंग वा फरक समुदाय भन्नाले अनिवार्य उपराष्ट्रपति महिला हुनुपर्छ । अथवा राष्ट्रपति र उपराष्ट्रपति महिला-पुरुष हुनुपर्छ भन्ने व्यवस्था संविधानमा गरिएको छैन । त्यसैले प्रमुख आयुक्तले भनिएको भनेर जुन बाहिर आएको छ । त्यो संविधानसँग मिल्दैन ।'

निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषभन्दा फरक लिंग र खसआर्यभन्दा फरक समुदायको मात्र उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आयोगले खस आर्य समुदायको पुरुष व्यक्ति रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले अब यो समुदाय र लिंगभन्दा फरक व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने निर्णय गरेको हो ।

प्रकाशित : फाल्गुन २६, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्

मोटरसाइकलमा प्रयोग हुने एक्साइडको नयाँ ब्याट्री बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले यसको बिक्री वितरण आरम्भ गरेको हो । कम्पनीका अनुसार ‘स्पिल प्र्रुफ’ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवम् लिड क्याल्सियम प्रविधिजस्ता  विशेषता यस ब्याट्रीमा छ ।

ब्याट्रीमा पानी कहिल्यै थप्नु नपर्ने र फ्याक्ट्रीबाट नै चार्ज भएर आउने कम्पनीले जनाएको छ । ‘एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग गरिएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झट टाढा राख्दछ ।’


प्रकाशित : फाल्गुन २६, २०७९ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×