मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा- भिडियो - कान्तिपुर समाचार

मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संसद्‌मा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताएकी छन् । 

प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा सोमबार बोल्दै मन्त्री शर्माले संसद्‌मा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताइन् । उनले त्यसका लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिनसमेत आग्रह गरिन् ।

सञ्चारमन्त्री शर्माले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुन परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताएकी छन् । मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानुन बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताए । उनले आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुनु भनेको राज्यको सबलीकरण हुनुसरह रहेको बताइन् । उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अंगका रुपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला-ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।

उनले भनिन्, ‘आमसञ्चार क्षेत्रका विज्ञहरुको समेत सुझाव लिएर सरकारलाई मिडिया विधेयकबारे तत्काल सल्लाह सुझाव दिन आग्रह गर्दछु । संसद्‌मा पेस भएर बसेको मिडिया विधेयकहरू अगाडि बढाउने कार्ययोजना बनाएर अगाडि बढ्ने तयारीमा सरकार छ । मिडिया र आमसञ्चारको क्षेत्रलाई आवश्यक ऐन‚ कानुन र अन्य काम गर्दा सरकार र सरोकारवाला निकायहरू सहकार्यमा अगाडि बढ्न सरकार तयार रहेको छ ।’

आमसञ्चारको क्षेत्र एउटा महत्त्वपूर्ण क्षेत्र भएको भन्दै उनले यो क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुनु नै राज्यको सबलीकरण हुनु भएको बताइन् ।

प्रकाशित : माघ २३, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर-६ स्थित पूर्व-पश्चिम राजमार्गको धन्सार नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भएका शिक्षक रहेका छन् । आइतबार राति घरबाट बाराको निजगढ जाँदै गरेका शिक्षकले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।  

बाराको निजगढस्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलमा अध्यापन गर्दै आएका हरिवन-७ का किरण घिसिङ लामाको मृत्यु भएको ईलाका प्रहरीका डीएसपी सन्तुप्रसाद जैसवारले बताए । ‘राति लामाले चलाएको मधेस प्रदेश ०४–००१–प ३५५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको छ, ‘डीएसपी जैसवारले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उपचारको क्रममा आइतबार राति करिब ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना हो वा अन्य कारणले भन्ने गहिरिएर अनुसन्धान गर्न पीडितका आफन्तले प्रहरीलाई अनुरोध गरेको छ ।

प्रकाशित : माघ २३, २०७९ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×