कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

उपसभामुखमा पनि प्रतिस्पर्धा गर्छौं : लेखक

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपसभामुख निर्वाचनमा पनि प्रतिस्पर्धा हुने बताएका छन् । प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक लेखकले सभामुखमा जस्तै उपसभामुखमा पनि कांग्रेसले प्रतिस्पर्धा गर्ने बताए ।

उपसभामुखमा पनि प्रतिस्पर्धा गर्छौं : लेखक

उपसभामुखको निर्वाचन आगामी शनिबार हुँदैछ । ‘यो संसदीय व्यवस्था हो । यो भनेकै प्रतिस्पर्धात्मक व्यवस्था हो । हामीले सभामुखमा प्रतिस्पर्धा गर्‍यौँ,’ उनले भने, ‘उपसभामुखमा पनि प्रतिस्पर्धा गर्छौं ।’

उनले उपसभामुखमा कांग्रेसले नै उम्मेदवारी दिने वा अन्य दलहरूबाट उम्मेदवार हुने भन्ने विषयमा भने छलफलपछि मात्रै टुंगो लाग्ने बताए ।

‘हामीले विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेका छौं । विपक्षी बेञ्चलाई सशक्त बनाएर विपक्षी दलहरू सबैलाई मिलाएर लैजान्छौं,’ उनले भने, ‘दलीय व्यवस्थामा दलहरूबीच निरन्तर छलफल हुन्छ, सभामुखको निर्वाचनमा हामी चार दल एक ठाउँमा उभियौं । अरू दलहरूसँग पनि निरन्तर छलफल हुन्छ, कुराकानी हुन्छ र सहकार्य हुन्छ ।’

उनले राष्ट्रपतिमा गैरदलीय व्यक्तिलाई ल्याउने विषयमा कांग्रेस संलग्न नभएको र त्यस्तो छलफल नभएको दाबी गरे ।

प्रकाशित : माघ ५, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?