राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताएका छन् । ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ, त्यस्तो हुन सक्छ,’ उनले भने । प्रतिनिधिसभाको बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले संसद्‌मा कांग्रेसले उच्चस्तरीय संयन्त्र बनाएको विषयमा विरोध गरेको भन्दै त्यस्तो अभ्यास पनि कांग्रेसले नै सुरू गरेको बताए । ‘कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र गठन गरेर नयाँ प्रचलन थालेको हो । मैले पहिले संविधानविपरीतको कुरा हुँदैन, पर्दैन भनेकै हो । तर कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर अभ्यास सुरु गर्‍यो,’ उनले भने, ‘अहिले हामीले त्यसैलाई निरन्तरता दिएको मात्रै हो । अहिले फेरि कांग्रेसले नै फेरि प्रश्न गर्‍यो । यसरी बेलगाम चल्ने कुरा र प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्ने कुरा यो पनि अशुभको संकेत हो ।’

प्रकाशित : माघ ५, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्

सुस्मा र हेमाको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।

महिला ४८ केजीतौल समूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जितिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउन्डमा जित हासिल गरिन् ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका ईन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसँग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वाटर फाईनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मंगोलियनका गन्तुमार लुण्डासँग भिड्ने छन् ।

नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्ने छन् ।

प्रकाशित : माघ ५, २०७९ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×