३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?

काठमाडौँ — निर्वाचन सम्पन्न भएसँगै अब राष्ट्रपति र उपराष्ट्रपति को बन्ला भन्ने आम चासो छ । राष्ट्रपति र उपराष्ट्रपति कसरी चुनिन्छन् भन्ने विषयमा भने आम नागरिकहरुलाई थाहा नहुन सक्छ ।

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?

राष्ट्रपतिको नर्वाचन हुनका लागि सम्पूर्ण प्रत्यक्ष समानुपातिक मत परिणाम आइसकेपछि संसद्‍मा बहुमत बनाएर कुनै एक दलको नेतृत्वमा सरकार गठन हुन्छ । सरकार गठन भइसकेपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुन्छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भने प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेशसभा सदस्यहरूबीच मतदान हुनेछ । तर संघीय सांसदहरुले दिएको १ भोट बराबर ७९ र प्रदेशसभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानुनले योग्य ठहर गरेको व्यक्ति हुनुपर्ने छ ।

यसरी प्रदेशसभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधिसभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्ने प्रावधान छ ।

प्रकाशित : मंसिर १९, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?