कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राजनीतिप्रतिको निराशालाई चिर्नु छ : राउत

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् । उनले अहिलेको निर्वाचनमा जनतामा थोरै भएपनि आशा जगाउने काम गरेको दाबी गरे । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राउतलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउदले चुनावमार्फत् जनताले परिवर्तनको मोहलाई मतमार्फत् व्यक्त गरेको बताए ।

राजनीतिप्रतिको निराशालाई चिर्नु छ : राउत

‘राजनीतिक प्रवृत्तिका कारण जनतामा निराशा छाएको थियो । तर, अहिलेको चुनावले निराशालाई चिरेर आशा स्थापित गर्ने आधार तय गरेको छ,’ उनले भने, ‘सप्तरीका जनताले मलाई जिताएर राजनीतिमा आशा जगाउने काम गर्नुभएको छ । म भोलि देशप्रतिको प्रेम जगाउन सकुँ एउटा योग्य मान्छे, अमेरिका र युरोप छोडेर नेपाल फर्किएर जन्मभूमिको सेवा गर्छु भनेर हिम्मत गर्न सक्ने अवस्था बनाउन सकौँ, त्यो बेला तपाईहरूको मतको सदुपयोग भयो भनेर बुझ्नुहोला ।’

प्रकाशित : मंसिर १७, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?