२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दिकी छ्योलिङ्गमा ‘पुरातत्त्व’

ओलाङचुङगोला — ताप्लेजुङको उत्तरी सीमावर्ती हिमाली गाउँ ओलाङचुङगोलामा रहेको पुरातात्विक महत्त्वको दिकी छ्योलिङ्ग गुम्बाललाई पुरातत्त्व विभागले पुनर्जीवन दिने भएको छ ।

दिकी छ्योलिङ्गमा ‘पुरातत्त्व’

कम्तीमा ५ सय वर्ष पुरानो मानिएको गुम्बाको धार्मिक महत्त्व र आध्यात्मिक आस्थाका कारण पुरातत्त्व विभागले दिकी छ्योलिङ्ग गुम्बा पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ । गुम्बाभित्र दर्जनौं हस्तलिखित पाण्डुलिपी तथा ऐतिहासिक दस्तावेज रहेका छन् । केही लिपी स्वर्णलिखितसमेत छन् ।

गुम्बाको ऐतिहासिकता पहिल्याउन यहाँ रहेको सम्पदाजन्य सामग्री वा पाण्डुलिपीको आधार परीक्षणका लागि पुरातत्त्वमा लगिने भएको छ । गुम्बा रहेको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन वलुङ(शेर्पा)का अनुसार पुरातत्त्व विभागको सहयोग तथा देश–विदेशमा रहेका ओलाङचुङगोलाबासी तथा ओलाङचुङगोला समाज कल्याण परिवारको पनि साथ र सहयोग रहेको छ ।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार पुरातत्त्वकै सहयोगमा दिकी छ्योलिङ्ग गुम्बामा तीन वर्षयता जीर्णोद्धार र पुनर्निर्माणको काम भइरहेको छ । पुरातत्त्व विभागले तीन आर्थिक वर्षमा १ करोड १२ लाख रुपैयाँ बजेट दिकी छ्योलिङ्ग गुम्बाका लागि बिनियोजन गरिसकेको र पुनर्निर्माण सम्पन्न गर्न ५ करोड रुपैयाँको योजना रहेको जानकारी गौतमले दिए ।

प्रकाशित : मंसिर १६, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?