कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कला-संस्कृतिको संरक्षणबाट देशको पहिचान स्थापित हुन्छ : मेयर साह

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

कला-संस्कृतिको संरक्षणबाट देशको पहिचान स्थापित हुन्छ : मेयर साह

मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरु महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको पनि जानकारी दिए । कला, संस्कृतिलाई महत्त्व दिने कुरा जिम्मेवारी रहेको उनको भनाइ थियो ।

मेयर साहले भने, ‘थिएटर फेस्टिबलहरु, फिल्म फेस्टिबलहरु बजेटमा आइसकेको छैन, तर उहाँहरुसँग बिस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली रोतो कितावमा नै बजेट ल्याएर यसलाई भव्य तरिकाले गर्न सकिन्छ कि भन्ने आशा छ । महानगरपालिका भएको नाताले कलालाई महत्त्व दिने कुरा जिम्मेवारी हो र महानगरपालिका बन्नलाई यो चिज चाहिँदो रहेछ । हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दैछौँ । हाम्रो छुट्टै विभागहरु हुँदैन, खेलकुद विभाग छुट्टै छैन । छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ । कला लगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ ।’

प्रकाशित : मंसिर ९, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?