राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा नगरे देश अप्ठेरोमा पर्न सक्छ : दाहाल- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा नगरे देश अप्ठेरोमा पर्न सक्छ : दाहाल

‘अहिले नै सबै बर्बादै भयो भन्ने केही पनि छैन, राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा नगरे देश अप्ठारोमा पर्न सक्छ’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवार पुष्पकमल दाहालले निर्वाचनका क्रममा एजेन्डा नभएर आवेगमा देशलाई र भावावेशमा मानिसलाई भ्रमित पार्ने संकेत देखा परेको बताएका छन् । 

शुक्रबार गोरखामा आयोजित धन्यवाद ज्ञापन समारोहलाई सम्बोधन गर्दै दाहालले यो परिस्थितिको राजनीतिक दल र नेताहरूले एक चोटी आफैतिर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको बताएका छन् । ‘यो निर्वाचनका क्रममा विचार, सिद्धान्त, मुद्दा, एजेन्डा जे भनिन्छ, एजेन्डा होइन एउटा आवगेमा देशलाई, भावावेशमा मानिसलाई कहीँ न कहीँ भ्रमित पर्ने संकेतहरु देखा परे,’ उनले भने ।

संविधानले व्यवस्था गरेको लोकतान्त्रिक प्रतिनिधित्व तथा सिंहदरबारको अधिकार प्रदेश तथा स्थानीय तहमा पुगेका कुराहरूलाई उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको दाहालका आरोप छ । ‘कसैलाई दोष र आलोचना र आरोपतिर जाँदै छैन, यो हाम्रा लागि चुनौती हो,’ उनले भने,‘राजनितिक परिवर्तन र जनताको अधिकारका लागि तथा नेपाल सार्वभौमसत्ता नगारिक बनाउन लडे ती दलहरुलाई चुनौती हो ।’

यो परिस्थितिले विचार र सिद्धान्तको अवमूल्यन हुने खतरा देखा परेको उनले बताए । ‘मूल्य मान्यता र राजनीतिक एजेन्डा अवमूल्यन हुने खतरा देखा पर्‍यो भनेर राजनितिक नेतृत्वले सोच्नुपर्ने अवस्था आइलागेको छ,’ उनले भने । नेपाली जनताको अधिकारको सुरक्षाका लागि अन्तिम समयसम्म प्रयास र संघर्ष गर्ने पनि दाहालले बताए ।

‘अहिले नै सबै बर्बादै भयो भन्ने केही पनि छैन,’ उनले भने,‘तर यदि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउने दिनका लागि जनतमा समर्पित नीति, योजना र कार्यक्रम लिएर अघि नआउने हो भने देश अप्ठेरोमा पर्न सक्छ, यसो गर्दा देश अप्ठेरोमा पर्ने भए पनि राजनीतिक नेतृत्वलाई जति गाली गरे पनि फरक पर्दैन, देश झन् ठूलो भूमरीमा पर्ने स्थिति भयो भने चाहिँ त्यो स्वीकार्य हुने स्थिति होइन ।’

७५ वर्षदेखि प्राप्त गरेको ‘लोकतान्त्रिक अधिकारको रक्षा’ र गाउँ र नगरको सिंहदरबारलाई उल्टाउने चेष्टालाई सफल हुन नदिने पनि दाहालले बताए ।

प्रकाशित : मंसिर ९, २०७९ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासीमा समानुपातिकतर्फ रास्वपा पहिलो

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा सम्पन्न मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत प्राप्त गरेको छ । कांग्रेस, एमाले लगायत दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्रले पार्टीले निर्वाचन क्षेत्र नं १ मा (संघतर्फ) २५ हजार ७ सय ७४ मत प्राप्त गरेको छ ।

शुक्रबार साँझसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसले २३ हजार ४१ मत ल्याएको छ । एमालेले भने २२ हजार १ सय ५० मत ल्यायो ।

यस्तै, राप्रपाले ५ हजार १ सय मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले ३ हजार ६ सय ५ मत र नेकपा एकीकृत समाजवादीले १ सय ६४ मत ल्याएको छ ।

नवलपरासी पूर्वको कुल जनसंख्या ६३१९२२ रहेको छ । जहाँ २६०४६१ मतदाता रहेका छन् । तीमध्ये १२४३३६ जना पुरुष छन् भने १३६१२१ जना महिला छन् । उक्त जिल्लामा २ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र ४ वटा छन् ।

प्रकाशित : मंसिर ९, २०७९ १९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×