के भन्छन् काठमाडौं-२ का मतदाताहरू ?- भिडियो - कान्तिपुर समाचार

के भन्छन् काठमाडौं-२ का मतदाताहरू ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत देशभर ३२ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मध्याह्न १२ : ४५ बजेसम्म देशभर ३२ प्रतिशत मतदान भएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

बझाङमा झडप रोक्न हवाइ फायर गर्दा प्रहरी घाइते

बसन्त प्रताप सिंह

बझाङ — बझाङको छविस पाथिभेरा गाउँपालिका - १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाइ फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको छ । हवाइ फायर गर्ने क्रममा गोली लागी एक प्रहरी हवल्दार घाइते भएका छन् ।

ती घाइते हवल्दारको उद्धारका लागि अहिले जिल्ला प्रहरी कार्यालयबाट एम्बुलेन्स सहितको प्रहरी टोली मतदान केन्द्रतर्फ गइरहेको छ ।

उक्त मतदान केन्द्रमा सुरुमा सत्ता गठबन्धन तर्फका एक कार्यकर्ताले मतपेटिका खोस्न लागेका थिए । उनलाई एमालेका कार्यकर्ताले उनलाई रोक्नुका साथै धकेलाधकेल गर्दा दुई पक्षबीच झडप भएको थियो ।

उक्त झडप रोक्नका लागि प्रहरीले हवाइ फायर समेत गर्नु परेको थियो । यस क्रममा प्रहरी हवल्दारले हवाइ फायर गर्ने क्रममा गोली भित्तामा लागेर फर्किँदा खुट्टामा लागेको प्रहरी डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । यद्यपि घाइते प्रहरी हवल्दारको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित : मंसिर ४, २०७९ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×