निर्वाचनको छिनछिनको मतपरिणाम अपडेट इकान्तिपुरमा

काठमाडौँ — इकान्तिपुरले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको छिनछिनको मतपरिणाम र समाचार अपडेट लगायत सम्पूर्ण जानकारी दिने भएको छ । कान्तिपुर दैनिकको समाचार पोर्टल 'इकान्तिपुर डटकम'ले निर्वाचनका सूचना, जानकारी, समाचार र मत परिणामका लागि निर्वाचसम्बन्धी विशेष पोर्टल पनि तयार गरेको छ ।

निर्वाचनको पलपलका खबर र मतपरिणाम इकान्तिपुरको निर्वाचनसम्बन्धी विशेष पोर्टल election.ekantipur.com मा अपडेट हुनेछ।
कान्तिपुर मिडिया ग्रुपका ७७ जिल्लामा रहेका संवाददाताले १६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचन कार्यालयको आधिकारिक तथ्यांक लिई मतगणनाको आधिकारिक जानकारी छिनछिनमा अद्यावधिक गर्नेछन् । तथ्यसहित विश्वसनीय सूचना दिने इकान्तिपुरको निर्वाचन विशेष पोर्टलमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै उम्मेदवारको नाम, प्रतिनिधिसभामा उच्च प्रतिस्पर्धा हुने संभावित उम्मेदवारहरुको सम्पूर्ण व्यक्तिगत विवरण, फोटोदेखि निर्वाचन क्षेत्रगत विवरण उपलब्ध छ । । त्यस्तै विभिन्न दलका शीर्ष नेता, रोचक प्रतिस्पर्धा हुने ठानिएका क्षेत्र र चर्चित उम्मेदवारका क्षेत्रका जानकारी समेत सजिलै हेर्न सकिने गरी वेबपोर्टल तयार पारिएको छ। विशेष पोर्टल प्रत्येक क्षेत्रको मतपरिणाम हेर्न र पढ्नका लागि सजिलो हुने गरि डिजाइन गरिएको छ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनको पालिकाका वडा तहसम्मको मतपरिणाम समेत यही पोर्टलमा उपलब्ध छन् ।
प्रकाशित : मंसिर ३, २०७९ १७:५३