'एमालेको संगठन र मैले गरेका काम नै मेरो जित्ने आधार हुन्'

काठमाडौँ — एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रो पटक प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यसअघि ताप्लेजुङबाट तत्कालीन एमाले र माओवादी गठबन्धनबाट चुनाव जितेका योगेशलाई यस पालि भने कांग्रेस र माओवादीसहितको गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्नछ ।

अघिल्लो पटक योगेशका लागि भोट माग्न पुगेका एमाले अध्यक्ष ओलीले भनेका थिए, 'योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाएर फर्काउँछु ।' ओलीले योगेशलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि बनाए ।
ताप्लेजुङमा विपक्षीले संस्कृति मन्त्री हुँदा पाथीभरा क्षेत्रको जग्गा कौडीको भाउमा कम्पनीलाई दिएको, तिम्वूङ पोखरीलाई विष्णु पोखरी बनाएको, सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी विमानस्थल बनाएको लगायतका आरोप लगाएका छन् । यसै सन्दर्भमा कान्तिपुरका लागि आनन्द गौतमले योगेश भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश पूरा पढ्न : 'एमालेको संगठन र मैले गरेका काम नै मेरो जित्ने आधार हुन्'
प्रकाशित : मंसिर १, २०७९ १९:१०