म निर्वाचित भएपछि सरकारको नेतृत्व बदल्न हस्तक्षेप गर्छु : गगन थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच निर्वाचनपछि आलोपालो प्रधानमन्त्री हुने ‘अनौपचारिक सहमति’ बारे चर्चा भइरहेका बेला कांग्रेस महामन्त्री गगनकुमार थापाले आफूलाई मतदातामाझ भावी प्रधानमन्त्रीका रूपमा उभ्याएका छन् । उनले प्रधानमन्त्रीका रूपमा गर्ने पाँचवर्षे कार्ययोजनासमेत अघि सारेका छन् । 

म निर्वाचित भएपछि सरकारको नेतृत्व बदल्न हस्तक्षेप गर्छु : गगन थापा

कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने अभ्यास धेरै अघिदेखि छ । काठमाडौं–४ बाट उम्मेदवारी दिएका महामन्त्री थापाले निर्वाचनमा सफलता मिले संसदीय दलमा आफ्नै पार्टीका सभापति तथा सत्ता गठबन्धनकै कमान्ड सम्हालेका देउवासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । प्रधानमन्त्री हुन पार्टीमा संसदीय दलको नेता मुख्य द्वार भएकाले थापाले पार्टीभित्रको शक्ति सन्तुलनलाई भन्दा देउवासँगको प्रतिस्पर्धालाई अर्थपूर्ण ठानेका छन् । ‘पार्टीभित्रको अंकगणित अनुकूल/प्रतिकूल कस्तो हुन्छ, त्यसको मतलब राखेको छैन । नभए पनि बिस्तारै अनुकूल बन्दै जान्छ । म यसैपटक नेतृत्व बदल्न पर्याप्त हस्तक्षेप गर्ने गरी अघि बढ्छु । पछि हट्दिनँ,’ थापाले कान्तिपुरसँग भने ।

पूरा पढ्न : भावी प्रधानमन्त्रीको हस्तक्षेपकारी तयारीमा गगन

प्रकाशित : कार्तिक २८, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?