‘एमाले त माओवादीभन्दा पनि सानो हुन्छ’- भिडियो - कान्तिपुर समाचार

‘एमाले त माओवादीभन्दा पनि सानो हुन्छ’

कान्तिपुर संवाददाता

रौतहट — निर्वाचन प्रचारका क्रममा गृहजिल्ला रौतहटमा केही दिनअघि भाषण गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिले निर्वाचन आयोगको समेत ध्यान तान्यो । उनले ‘फ्रि टिकट फ्रि भिसा, बिना ढेउवा के’ विदेश जान पाइन्छ भनेर युवाहरूलाई आश्वासन दिएका थिए ।

प्रधानमन्त्री भइसकेको र भविष्यमा पनि देशको नेतृत्व गर्छु भन्ने नेताले युवाहरूलाई स्वदेशमा रोजगारी दिने, उद्योग कलकारखानाको विकास गर्ने प्रतिबद्धता दिनुपर्नेमा विदेश पठाउँछु, विदेशमा गएर तिमीहरूले काम गर्न पाउँछौं भनेर आश्वासन दिन कति शोभनीय हो ? कान्तिपुरका उमेश चौहानशिव पुरीले गौरस्थित नेपाल निवासमा भेटेर अन्तर्वार्ताको सुरुवातमा उनलाई सोधे–

तपाईंको अभिव्यक्तिले चुनाव र समग्र राजनीतिकै मूल्य घटाएन र ?

अर्थको अनर्थ पनि लगाउन सकिन्छ । मेरो सिंगो भाषण सुन्नुभयो भने देशको आर्थिक विकासको समग्र तस्बिर राख्या छु । शिक्षा र स्वास्थ्यमा कसरी विकास गर्न सकिन्छ ? कसरी हाम्रा युवाहरूलाई सीप र तालिम उपलब्ध गराउन सकिन्छ ? कसरी उत्पादकत्व बढाउनुपर्छ ? यसबाहेक नेपालको अर्थतन्त्रलाई छलाङ लगाउन जलविद्युत् पर्यटनमा हामीले विशेष रूपमा ध्यान दिनुपर्छ । यसमा योजना बनाउने हो भने रोजगारीको कमी हुँदैन । गरिबी अभाव र बेरोजगारीमा जीवन गुजार्नुपर्दैन । मैले चुनावी सभाहरूमा यस्ता विषयको चर्चा गरेको छु ।

पूरा पढ्न : ‘एमाले त माओवादीभन्दा पनि सानो हुन्छ’



प्रकाशित : कार्तिक २८, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

उम्मेदवारका साझा चुनावी एजेन्डा

बलराम घिमिरे

रसुवा — रसुवा जिल्लामा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको चुनावी एजेन्डा नै साझाजस्तै रहेका छन् । उम्मेदवारहरुले पर्यटन विकास, सडक स्तरोन्नति, जिल्लाबासीलाई १० प्रतिशत सेयर सुनिश्चितता र नाका व्यवस्थापन लगायका साझा एजेन्डा अघि सारेका छन् । प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभा निर्वाचनमा पनि लोकतान्त्रिक वाम गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रभात तामाङ उम्मेदवार रहेका छन् । उनी नेपाली कांग्रेसका वाग्मती प्रदेश समिति सदस्य हुन् । त्यस्तै सोही क्षेत्रमा नेकपा एमालको तर्फबाट कुलप्रसाद भट्टको उम्मेदवारी रहको छ । उनी नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे उम्मेदवार छन् । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा एमालेको तर्फबाट तेम्ब्रेल तामाङ उम्मदवारी बनेका छन् । उनी नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य हुन् । यी उम्मेदवारहरुले जिल्लामा निर्माणाधीन जलविद्युत्‌बाट जिल्लाबासीलाई १० प्रतिशत सेयर सुनिश्चितता गर्ने साझा एजेन्डा अघि सारेका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात तामाङ आफ्नो क्षेत्रका सबै वडामा बन्दै गएको सडकहरुको स्तोन्नति गर्ने, यस क्षेत्रमा रहेको पर्यटन क्षेत्रको विकास गर्ने बताए । 'कृषि पशुपालन, खानेपानी, पुल, स्वास्थ्य, सिँचाइ, विद्यालय भवन निर्माण लगायतका विकासका एजेन्डा छन्उ,' उनले भने, 'रसुवागढी नाका व्यवस्थापन पनि प्रमुख रहेको छ । त्यस्तै, नेकपा एमालको तर्फबाट उम्मेदवार बनेका कुलप्रसाद भट्टले जडिबुटी खेतीको विस्तार, प्रत्येक गाउँगाउँसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक विस्तार तथा स्तरोन्नति गर्ने चुनावी एजेन्डा रहेको बताए ।

पर्यटन विकास, रोजगार, कृषि, पशुपालन, स्वास्थ्य, शिक्षाका एजेन्डा पनि रहेको भट्टले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र २ मा माओवादी केन्द्रका उम्मेदवार इन्द्र गोतमले पनि रसुवागढी नाकालाई व्यवस्थित गर्ने र जलविद्युत्‌को विकास गरी जलविद्युत्‌बाट जिल्लाबासीलाई १० प्रतिशत सेयर सुनिश्चितता बताए । उनले पर्यटकीय उद्योगको विकास गर्ने कुरालाई पनि जोड दिएका छन् । पशुपालन, जडिबुटी खेती, कृषि, स्वास्थ्य शिक्षा र रोजगारका एजेन्डालाई पनि उठाएका छन् ।

निर्वाचन क्षेत्र २ मा एमालेको तर्फबाट उम्मेदवार बनेका तेम्ब्रेल तामाङले जलविधुत्‌को विकास गरी जिल्लाबासीलाई १० प्रतिशत सेयर सुनिश्चितता आफ्ना प्रमुख चुनावी मुद्दा रहेको बताए । जिल्लामा नै रोजगारको अवसर खोजी गरी विदेसिने युवाहरुलाई रोक्ने पनि उनले बताए । 'अन्तर्राष्ट्रिय रसुवागढी नाकालाई व्यवस्थित गर्ने पनि रहेको छ', उनले भने । कृषि तथा जडीबुटीको उत्पादनमा बढवा दिई समुन्नत रसुवा निर्माण गर्ने आफ्नो योजना रहेको उनले सुनाए । रसुवा जिल्लामा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका साना ठूला सबै दलको चुनावी एजेन्डा साझा रहेको छ ।

प्रकाशित : कार्तिक २८, २०७९ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×