कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देश परिर्वतन र जनतालाई समृद्धि बनाउने गठबन्धनको एजेन्डा : घर्ती

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा शुक्रबार नेता घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेन्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताएकी हुन् ।

देश परिर्वतन र जनतालाई समृद्धि बनाउने गठबन्धनको एजेन्डा : घर्ती

उनले अहिले देशले समृद्धि, शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धले मात्रै पूरा गर्नसक्ने बताइन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुई पटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको पनि बताइन् । घर्तीले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्धमा लागेकाले अहिलको व्यवस्था जोगाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने आवश्यकता रहेको बताइन् ।

‘केपी ओलीले आफ्नो बहुमतको सरकार पार्टी फुटाएर जनताले दिएको पाँच वर्षको बहुमतको सरकारलाई संसद् विघटन गरी गठबन्धन गर्ने बाध्यता बनाउनुभएको हो । हामी प्रतिगमनको विरुद्धमा गठबन्धन गरी हाम्रो व्यवस्थालाई जोगाउँदै जनताको समृद्धि गर्ने पक्षमा लागेका छौं,' उनले भनिन्, 'सम्पूर्ण काठमाडौं क्षेत्र नम्बर २ का जनताले गठबन्धनलाई भोट हाल्नुस्, नत्र केपी ओलीको प्रतिगमनले जित्छ । ओलीले जिते सबै व्यवस्था अस्तब्यस्त हुन्छ ।'

प्रकाशित : कार्तिक २५, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?