३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

माओवादी 'पेन्डुलम' पार्टी, एमाले र कांग्रेस 'प्रचण्डीकरण' भइसक्यो : मिश्र

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) पेन्डुलम पार्टी भएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले अबको केही वर्षमा नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस मात्रै राजनीतिक दलमात्र बाँकी रहने दाबी गरे ।

माओवादी 'पेन्डुलम' पार्टी, एमाले र कांग्रेस 'प्रचण्डीकरण' भइसक्यो : मिश्र

मिश्रले माओवादी केन्द्र अबको केही वर्षभित्र पेन्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताए । ३ पार्टीमध्ये दुई पार्टी एमाले र कांग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको उनको भनाइ थियो । दुवै पार्टी प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र कांग्रेसलाई जति गाली गरे पनि प्रचण्डपथमा नै हिँडेको उनले बताए ।

उनले भने, ‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ । मूल रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस । माओवादी पेन्डुलम जस्तो यता र उति गर्छ, की त्यो विलय हुन्छ, कि त्यो साँघुरिएर बस्छ । त्यसबाहेक अर्को क्षेत्रीय र अन्य दलहरू सानो-सानो अवस्थामा रहन्छन् । तीन वटामा दुई वटा पार्टी एमाले र कांग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन् । एउटै कित्ताका पार्टी हुन् । किनभने यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो । जति गाली गरे पनि प्रचण्डीकरण भइसक्यो । त्यही बाटोमा हिँडेका छन् । अर्को नरम संवर्द्धनवादी धारमा त्यो निरन्तरतासहितको गतिशील राजनीति भनेर जुन राप्रपाले भन्दै आएको छ, त्यो निरन्तरता भनेको यो देशको धर्म जोगाउने, संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल जोगाउनु हो । यो देशको पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्‍यो । त्यो जगमा प्रगतिशील हुनुहुन्छ । त्यो जगमा यो देशलाई रुपान्तरण गर्नुपर्‍यो भन्ने धार राप्रपाले जुन बोकेको छ, त्यो धार कहिले पनि मर्दैन ।’

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष मिश्रले कांग्रेस नेता स्व.गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबीसमेत गरे ।

प्रकाशित : कार्तिक २५, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?